वीरगन्ज — अख्तियार दुरुपयोगत तथा अनुसन्धान आयोग हेटौंडाको टोलीले नारायणी अस्पतालमा छापामारी अनुसन्धान थालेको छ । सोमबार मध्यान्ह अख्तियारको टोलीले अस्पतालको फार्मेसी विभागमा छापा मारेको आयोगका सूचना अधिकारी विष्णु सापकोटाले जनाए ।
‘फार्मेसीमा उजुरी परेपछि अख्तियारको टोलीले छापामारेको हो,’ सूचना अधिकारी सापकोटाले भने । उनका अनुसार टोलीले फार्मेसीको स्टक, म्याद गुज्रेको औषधीको विवरण, खरिद तथा बिक्री सम्बन्धित कागजातहरु नियन्त्रणमा लिएर छानबिन गरिने छ ।
‘फार्मेसी सम्बन्धी सम्पूर्ण कागजात नियन्त्रणमा लिई अनुसन्धान थालिने छ,’ उनले भने । अस्पतालले गत आर्थिक वर्षमा करिब २१ करोड मूल्य बराबरको उपकरण खरिदको बोलपत्र आह्वान गरेको थियो ।
सम्वद्ध स्रोतका अनुसार अख्तियारको टोलीले उपकरण खरिद टेन्डरको कागजात समेत अनुसन्धान गर्ने छ ।
फेसबुक प्रतिक्रियाहरु