धनगढी : सरकारले वृद्धि गरेको सार्वजनिक यातायातको भाडादर सार्वजनिक गरेको छ। पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएकोमा भाडादर सार्वजनिक गरेको हो।
सार्वजनिकभाडादर अनुसार सुदूरपश्चिमकाे एउटै रुटमा पाँच सय रुपैयाँसम्म भाडा बढेको छ। सार्वजनिक भएको सूचीअनुसार सबैभन्दा धेरै काठमाडौं–अत्तरीया–मार्तडी रुटमा ५६५ रुपैयाँ भाडा बढेर २५८२ पुगेको छ। काठमाडौँ–चैनपुरको २००६ बाट भाडा बढेर २५६८ पुगेको छ।
काठमाडौँ–धनगढीको भाडा यसअघिसम्म १३२१ थियो भने नयाँ सार्वजनिक भाडादर अनुसार १६५७ पुगेको छ। यस्तै काठमाडौँ–धनगढी–साँफेको १८७२ भाडा थियो भने अब २३५० पुगेको छ। काठमाडौँ–महेन्द्रनगरको १३३२ भाडा थियो भने अब १६७१ पुगेको छ।
यस्तै काठमाडौँ–अत्तरिया–डडेल्धुरा हुँदै बैतडीको १७८४ थियो भने २२३८ पुगेको छ भने काठमाडौँ–अत्तरिया–सिलगढीको १६७५ भाडा थियो भने अब २१०२ पुगेको छ। काठभाडौँ अत्तरिया डडेल्धुराको भाडा चार सय बढेर १९५३ पुगेको छ।
यातायात व्यवस्था विभागले बनाएको कार्यदलले बनाएको प्रतिवेदनअनुसार गत असार २७ गते तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर कायम गरिएको थियो।
यस्तो छ देशभरीका रुटमा भाडादर :
फेसबुक प्रतिक्रियाहरु