होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • एमाले बैठकमा माधव नेपाल पक्षीय यी नेता पुगेर फर्किए
राजनीति

एमाले बैठकमा माधव नेपाल पक्षीय यी नेता पुगेर फर्किए

  • नागरिक रैबार
एमाले बैठकमा माधव नेपाल पक्षीय यी नेता पुगेर फर्किए

काठमाडौं, १ साउन । नेकपा एमाले स्थायी कमिटी बैठक चलिरहँदा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरु अकस्मात् पुगे । एमाले एकताका लागि मध्यमार्गी भूमिका निभाइरहेका नेताहरु पुगेका हुन् ।

बैठक चलिरहँदा उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु घनश्याम भुसाल र भीम आचार्यका अलावा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे पुगेका थिए । उनीहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए ।

बैठकमा सहभागी नभएपनि रावलसहितका नेताहरुले स्थगनको आग्रह गरेका थिए । उनीहरुले रोक्न माग गरेपनि नरोक्ने बताएको नेता रावलले बताए ।

विज्ञापन

पार्टी एकताका लागि आफूहरुले बैठक स्थगनको माग राखेको रावलले बताए । कार्यदलको संयोजकको हैसियतले कुरा राख्न पाउनुपर्ने भनेपछि ओलीले अनुमति दिएका थिए । तर, माइन्युटमा हस्ताक्षर गर्नुपर्ने शर्त राखेपछि नमानेको स्पष्ट पारे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार