होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २२, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • एमाले बैठक रोक्न माग गर्दै माधव पक्षीय कार्यदल सदस्य बैठकस्थलमा
राजनीति

एमाले बैठक रोक्न माग गर्दै माधव पक्षीय कार्यदल सदस्य बैठकस्थलमा

  • नागरिक रैबार
एमाले बैठक रोक्न माग गर्दै माधव पक्षीय कार्यदल सदस्य बैठकस्थलमा

नेकपा एमालेको स्थायी कमिटी बैठक रोक्न वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका कार्यदल सदस्यहरु तुलसीलाल प्रतिष्ठानमा पुगेका छन् । बैठक सुरु भएको करिब आधा घण्टापछि पार्टीभित्रको विवाद समाधान गर्न गठन गरिएको कार्यदलका नेपाल पक्षीय सम्पूर्ण सदस्यहरु बैठक स्थल पुगेका हुन् ।

‘तपाईंहरु बैठकमा सहभागी हुन आउनुभएको हो ?’ भन्ने प्रश्नमा माधव पक्षका कार्यदलका संयोजक भीम रावलले भने, ‘हामी बैठक रोक्नका लागि आग्रह गर्न आएका हौँ ।’

बैठकमा माधव नेपाल पक्ष अनुपस्थित रहेको छ । त्यस्तै, केन्द्रीय कमिटी बैठकमा उपस्थित भएका पार्टी उपाध्यक्ष वामदेव गौतम पनि बैठकमा सहभागी छैनन् । बैठकमा एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरुको भने उपस्थिति रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार