होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • नायिका गरिमा पन्त आमा बन्दै, फोटो सार्वजनिक गरिन्
मनोरञ्जन

नायिका गरिमा पन्त आमा बन्दै, फोटो सार्वजनिक गरिन्

  • नागरिक रैबार
नायिका गरिमा पन्त आमा बन्दै, फोटो सार्वजनिक गरिन्

नायिकाहरू हिजोआज सन्तान जन्माउन लागेको खुसीयाली सार्वजनिक गर्न व्यस्त छन्। केही समयअघि नायिका प्रियंका कार्कीले आफ्ना श्रीमानसँगै गर्भवती अवस्थाको फोटो सार्वजनिक गरिन्।

गर्भवती अवस्थाको फोटो सार्जनिक हुँदा उनले आलोचना र बधाई एकैसाथ पाइन्।अहिले नेपाली फिल्म उद्योगबाट निकै टाढा रहेकी अर्की नायिका गरिमा पन्तले प्रियंकाको पदचाप पछ्याएकी छिन्।

उनले पनि मंगलबार गर्भवती अवस्थाको फोटो सार्वजनिक गरेकी छिन्। अमेरिकामा रहेकी गरिमाले आफू आमा बन्न लागेको सन्देश दिएकी छिन्।

विज्ञापन

फोटोमा गरिमा पनि श्रीमानसँगै देखिएकी छिन्। गरिमा फिल्म क्षेत्र छोडेर अमेरिकामै आफ्ना श्रीमानसँग बस्दै आएकी छिन्। नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा फोटो सार्वजनिक गर्दै गरिमाले लेखेकी छिन्, ‘सृष्टिबाट सृष्टिकर्ता, जीवनको अर्को सुन्दर अध्यायमा प्रवेश।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार