होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, साउन १४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हेलिकप्टर चार्टर गरेर शेरधन राई गए ससुराली
समाचार

हेलिकप्टर चार्टर गरेर शेरधन राई गए ससुराली

  • नागरिक रैबार
हेलिकप्टर चार्टर गरेर शेरधन राई गए ससुराली

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चार्टर गरेर ससुराली गाउँ पुगेका छन् । राई आफ्नो श्रीमती जाङ्मु शेर्पाको जन्मस्थल संखुवासभाको मकालु गाउँपालिकाको सेदुवा र नोर्बु पुगेका हुन् ।
शेर्पाले सामाजिक सञ्जालमार्फत परिवारका साथ आफ्नो जन्मस्थल जान पाउँदा खुसी लागेको प्रतिक्रिया दिएकी छिन् ।

‘मैले भर्खरै आफ्नो जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमण मेरो श्रीमान माननीय शेरधन राई र सबै सपरिवारका साथ गर्न पाउँदा असाध्यै खुशी लाग्यो’, उनले सामाजिक सञ्जालमार्फत भनेकी छिन्, ‘म त जन्मिएको मात्रै, मेरो गाउँ अति नै सुन्दर रहेछ !’

उनले त्यहाँ आफूहरु पुग्दा सबैले न्यानो स्वागत र सत्कार गरेको भन्दै गाउँमा सडक, बिद्युत, शिक्षा, स्वास्थ्य र संचार लगायतको पहुँचले जनतालाई जोड्न बाँकी रहेकाले त्यसमा आफूहरुको ध्यानाकर्षण भएको बताएकी छिन् । ‘मेरो गाउँ र ठाउँको लागि केही गर्नुपर्ने महशुस गरेँ । किनकी त्यहाँ सडक, बिद्युत, शिक्षा, स्वास्थ्य र संचार लगायतको पहुँचले जनतालाई जोडन बाँकी रहेछ’, शेर्पाले भनेकी छिन्, ‘अवश्य नै म र मेरो श्रीमान माननीय मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण भएको छ ! सबै प्रति हार्दिक आभार ब्यक्त गर्दछु ।’

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै