होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बाजुराका ९ वटै स्थानीय तहमा काँग्रेसले विरोध प्रर्दशन गर्दै
Breaking News

बाजुराका ९ वटै स्थानीय तहमा काँग्रेसले विरोध प्रर्दशन गर्दै

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुराका ९ वटै स्थानीय तहमा काँग्रेसले विरोध प्रर्दशन गर्दै
फायल तस्वीर

नागरिक रैबार/बाजुरा ३ माघ। प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली काँग्रेस बाजुराले जिल्लाका ९ वटै स्थानीय तहमा विरोध प्रर्दशन गर्ने भएको छ ।नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको निर्देशन अनुसार बाजुरामा पनि काँग्रेसले ९ वटै स्थानीय तहमा आज एकैसाथ विरोध प्रर्दशन गर्न लागेको हो ।

जिल्लाका ९ वटै स्थानीय तहका केन्द्रमा सम्वन्धित स्थानीय तहका पार्टी प्रतिनिधिहरु जम्मा भएर वृहत विरोध र्यालीसहित प्रतिनिधि सभा विघटनका विरुद्ध एकैसाथ प्रर्दशन गर्न लागेको नेपाली काँग्रेस बाजुराका सभापति कविराज पण्डितले बताएका छन् ।

पार्टी सभापति कविराज पंण्डितले आज हुने प्रर्दशनमा जिल्लाका सवै स्थानीय तहमा नेपाली काँग्रेसमा आस्थावान नेता तथा कार्यकर्ता हरुलाई सक्रिय सहभागी हुन आग्रह गरेका समेत गरेका छन् ।

विज्ञापन

आज हुने नेपाली काँग्रेस बाजुराको ९ वटै स्थानीय तहको विरोध प्रर्दशनको सभालाई बडीमालिकामा काँग्रेस नृत जुना दानी, गौमुलमा नेता धनराज पण्डित, हिमालीमा पार्टी उपसभापति गोविन्द मल्ल, बुढीनन्दामा महाधिवेशन प्रतिनिधि पदम कुमार गिरी, जगनाथमा अर्जुन विष्ट, स्वामीकार्तिकमा भरत रोकाया, त्रिवेणीमा वरिष्ठ नेता रामसिंह रावल, बुढीगंगामा जिल्ला समन्वय समिति उपप्रमुख सुनिता मिजार, खप्तड क्षेडेदहमा पुर्व सभासद महा नेपालीले सम्वोधन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस बाजुराले जनाएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशका सबै ७ सय ५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै छ । यसअघि कांग्रेसले पुस १३ गते १ सय ६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै