होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रचण्डकै साँठगाँठमा ज्ञानेन्द्रले माघ-१९ को कदम चालेका थिए : ओली
समाचार

प्रचण्डकै साँठगाँठमा ज्ञानेन्द्रले माघ-१९ को कदम चालेका थिए : ओली

  • नागरिक रैबार
प्रचण्डकै साँठगाँठमा ज्ञानेन्द्रले माघ-१९ को कदम चालेका थिए : ओली

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई संघीन आरोप लगाएका छन् ।बुधबार एमालेका मनोनित केन्द्रीय सदस्यहरूलाई च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सपथ गराउँदै ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाह र माओवादी अध्यक्ष दाहालको साँठगाँठमा माघ-१९ को कदम चालिएको आरोप लगाएका हुन् ।‘प्रचण्ड र ज्ञानेन्द्रबीचमा सहमति भएर त्यो उपद्रो भएको थियो । कसका विरुद्ध सहमति भएको थियो । त्यसबारे उनीहरूले जानकारी गराउन पर्छ’, ओलीले भने ।

२०६१ साल माघ १९ मा ज्ञानेन्द्रले सत्ता हातमा लिँदै दलहरूमाथि प्रतिबन्ध लगाएर प्रत्यक्ष शासन सुरू गरेका थिए ।सोही सहमतिपछि ज्ञानेन्द्रले माओवादीको कुनै अवरोध नै नझेलेको र अभिनन्दन कार्यक्रम नै चलाएको तर राजनीतिक दलहरू भने रुकुम, रोल्पालगायतका जिल्ला जान नपाएको दाबी पनि गरे ।

नेपालमा अस्थिरताको संवाहक दाहालसँगै माधव नेपाल पनि भएको ओलीको आरोप छ । ‘अहिले नियन्त्रित अस्थिरता मच्चाउन तत्वहरु सक्रिय छन् । ती शक्तिमा सबैभन्दा चर्कोगरी चल्ने प्रचण्ड एण्ड कम्पनी र माकुने एण्ड कम्पनी । सबैभन्दा बढी अस्थिरताका संवाहक तत्वहरु यिनीहरु नै हुन्’, उनले भने ।

ओलीले आफूहरुको काम देश बनाउने भएकाले भीम रावलसहितका असन्तुष्ट नेताहरुलाई सानो मन नबनाउन र चित्त नदुखाउन पनि आग्रह गरे । ‘न्याय भइराख्या हुन्छ, मान्छेलाई न्याय भएन भन्ने लाग्न सक्छ,’ ओलीले भने, ‘चित्त छ, त्यसैकारण बुझ्दैन होला । चित्त भन्ने चिज न छाम्दा भेटिन्छ, न इन्डोस्कोपी गर्दा भेटिन्छ, फेरि चित्तले भाँडभैलो मच्चाउँछ ।’

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि