होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आज साँझदेखि काँग्रेस पदाधिकारीको मतगणना सुरु गर्ने तयारी
समाचार

आज साँझदेखि काँग्रेस पदाधिकारीको मतगणना सुरु गर्ने तयारी

  • नागरिक रैबार
आज साँझदेखि काँग्रेस पदाधिकारीको मतगणना सुरु गर्ने तयारी

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत सोमबार भएको मतदानको मतगणना बुधबार साँझदेखि सुरु गर्ने तयारी भएको छ । सभापतिततर्फको मतगणनाको नतिजा आएसँगै पदाधिकारीतर्फको मतगणना सुरु गर्न लागिएको छ ।

राजधानीको प्रदर्शनीमार्गमा सोमबार भएको मतदानको मतपेटिका पार्टी कार्यालय सानेपामा लगेर राखिएको छ भने सो मतपेटिका बेलुकादेखि खोलेर गणना गर्न सुरु गरिने काँग्रेस निर्वाचन समितिका सदस्य एगराज पोखरेलले जानकारी दिए । उनका अनुसार मतगणनाका लागि आज पार्टी कार्यालयमा बैठक बसेको र सबै प्रक्रिया सुरु गरेर साँझदेखि पदाधिकारीतर्फको गणना सुर गरिनेछ ।

‘बैठक बसेर साँझदेखि पदाधिकारीको मतगणना गर्ने निर्णय गरेका छौँ’, उनले भने, ‘मतगणना दिउँसोदेखि नै गर्न सकिने अवस्था भएपनि गणकहरु धेरै दिनको अनिदो रहेकाले आरामरत हुनुहुन्छ । उहाँहरुलाई सम्पर्क गरेका छौँ, साँझ पार्टी कार्यालयमा आएर गणना सुरु गर्नुहुन्छ ।’सोमबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो । सो मत भृकुटीमण्डपबाट पार्टी कार्यालयमा लगेर राखिएको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
Breaking News
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै