होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार ४, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • काँग्रेस नेता चक्र शाहद्धारा पार्टी सभापतिको उम्मेदवारी घोषणा
Breaking News

काँग्रेस नेता चक्र शाहद्धारा पार्टी सभापतिको उम्मेदवारी घोषणा

  • नागरिक रैबार
काँग्रेस नेता चक्र शाहद्धारा पार्टी सभापतिको उम्मेदवारी घोषणा

नागरिक रैबार/बाजुरा ३० भदौ। नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधी युवा नेता चक्र शाहले आफ्नो उम्मेदवारी पार्टी सभापतिमा रहने घोषणा गरेका छन् ।

बुधबार सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन गर्दै नेता शाहले नेपाली काँग्रेसको जिल्लाको सातौं अधिवेशनमा पार्टी सभापति पदमा आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन् ।

जिल्लामा यसपटक काँग्रेसमा युवा नेतृत्वको टिम आउन आवश्यक रहेकोले आफ्नो उम्मेदवारी पार्टी सभापतिमा रहनेछ उनले भने, आफुलाई पार्टी सभापतिको साझा उम्मेदवार बनाउन काँग्रेस बाजुराका सवै नेतृत्व पंक्ति सहमत देखिएको उनको भनाई थियो ।

विज्ञापन

नेता शाहले आफु सभापती भएका गुट उपगुटको अन्त्य गर्दै एकताको सन्देश दिने बताएका छन । उनले चुनावमा जानु परे पनि चुनावमा पनि लड्न तयार रहेको दावी गरे ।

पार्टीलाई चलायमान बनाउनकै लागि जिल्लामा युवाको नेतृत्वमा आगामी साताैँ जिल्ला अधिवेशन केन्द्रित रहने उनले बताए । जिल्लामा रहेका आफुभन्दा अग्रज नेताहरुकै सल्लाहमा आफुले पार्टी सभापतिमा उम्मेदवारी दिन लागेको हुँ, मलाई सवैको समर्थन रहने विश्वास गर्छु उनले भने ।
प्रेस युनियन बाजुराले सँयोजन गरेको पत्रकार सम्मेलन मार्तडीको  हिलटप होटलमा गरिएको थियो । पत्रकार सम्मेलनमा जिल्लामा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेकाे थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै