होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अर्काको नाममा कक्षा १२ को परीक्षा दिने एक पक्राउ
समाचार

अर्काको नाममा कक्षा १२ को परीक्षा दिने एक पक्राउ

  • नागरिक रैबार
अर्काको नाममा कक्षा १२ को परीक्षा दिने एक पक्राउ

धनगढीः अर्काको नाममा कक्षा १२ को परीक्षा दिने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पर्साको बरवाटाडी स्कुलमा अर्काको नाममा कक्षा १२ को परीक्षा दिनेलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पर्सागढी नगरपालिका ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा बुधबार सन्दीप दास थारूको अंग्रेजी विषयको परीक्षा दिने राजकुमार दासलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जानकारी दिए।

विशेष सूचनाको आधारमा प्रहरी चौकी बढनियारको टोलीले परीक्षा हलमा प्रवेश गरेर चेक गर्दा सन्दीपको प्रवेश पत्र लिएर राजकुमारले परीक्षा दिइरहेको थिए। प्रवेश पत्रमा सन्दिपको तस्बिर उप्काएर राजकुमारको टाँसिएको अवस्थामा भेटिएको एसपी पाण्डेले बताए।

सन्दीप र राजकुमार पर्सागढी ८ का वासिन्दा हुन्। यसअघि स्थगित भएको कक्षा १२ को परीक्षा बुधबारदेखि सुरु भएको हो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार