होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, अशोज १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कांग्रेसमा थप ८ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगियो
समाचार

कांग्रेसमा थप ८ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगियो

  • नागरिक रैबार
कांग्रेसमा थप ८ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगियो

नेपाली कांग्रेसले वडा अधिवेशन सुरू नभएका २१ जिल्लामध्ये ८ जिल्लामा विवाद समाधान गरेको छ।क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गरेर क्रियाशील सदस्यको अन्तिम सूची निर्वाचन समितिमा पुगेको छ।

मंगलबार ८ जिल्लाको क्रियाशील नामावली समितिमा पुगेको हो।समितिले विवाद समाधान भएका काभ्रे, बर्दिया, सिन्धुपाल्चोक, बाजुरा, मोरङ, महोत्तरी, कैलाली र पर्सा जिल्लाको नामावली आज पार्टीको वेबसाइटमा सार्वजनिक गर्ने तयारी गरेको छ।

निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ८ जिल्लाको नामावली आएकोले सम्भवत आज पार्टी वेबसाइटबाट सार्वजनिक गरिने बताए।कांग्रेसले पहिलो चरणमा ५६ जिल्लाका वडामा अधिवेशन गरेको छ। असोज ५ गते बाँकी २१ जिल्लामा अधिवेशन गर्ने तयारी छ।

कांग्रेसले भदौ १८ मा देशभरका छ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गर्ने भने पनि क्रियाशील सदस्यतामा देखिएका विवाद समाधान गर्न सकेको थिएन।

मुख्यगरी शीर्ष नेताहरूकै जिल्लामा क्रियाशील सदस्यता विवाद छ। विभिन्न पार्टीबाट कांग्रेस प्रवेश गरेकालाई क्रियाशील सदस्यता दिँदा विवाद देखिएका छन्।

कांग्रेसले यसपालि करिब ९ लाख क्रियाशील सदस्य बनाएको थियो। कांग्रेसको पालिका तहमा असोज ९ मा अधिवेशन छ। त्यसअघि नै वडा अधिवेशन गरिसक्नुपर्ने हुन्छ।कांग्रेसको महाधिवेशन भने मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुनेछ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार