होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • छुद्धरीमा गएको सुख्खा पहिरोले कर्णाली नदि थुनिने खतरा
Breaking News

छुद्धरीमा गएको सुख्खा पहिरोले कर्णाली नदि थुनिने खतरा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
YouTube Video Preview

नागरिक रैबार/बाजुरा ३१ साउन। जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा न १ साप्पाटामा रुणीको तल र छुद्धरी गाउँ नजिकै सुख्खा पहिरो जान थालेपछि कर्णाली नदि थुनिने खतरा बढेको छ । गाउँको तलबाट निरन्तर सुख्खा पहिरो जान थालेपछि नजिकै बग्ने कर्णाली नदि थुनिने खतरा बढेको हो ।

जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीको पारी पट्टि स्वामीकार्तिक खापर गाउँपालिका वडा नं १, को छुद्ररी नजिकैको भिर फुटेर कर्णाली नदीमा ढुगां,माटो खस्न थालेपछि कर्णाली नदी थुनिने खतरा बढेकोे जगन्नाथ गाउँपालिकाका रोजकगार संयोजक लक्ष्मण जोशीले बताएका छन । उनका अनुसार २ दिन देखि लगातार सो ठाउँमा निरन्तर पहिरो आउने क्रम जारी रहेकोले गाउँपालिकाको कार्यालय जुड्डी आसपासका क्षेत्रमा जोखिम बढेको छ ।

सो पहिरोका कारण रूणी गाउँका १ सय ५० घरधुरी उच्च जोखिममा रहेको स्थानीय नन्द बहादुर खत्रीले बताए । यता जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार पहिरो निरन्तर बगेकोले नजिकैका गाउँहरू जोखीममा रहेको जनाएको छ । तर कर्णाली नदि थुनिएको नभए पनि यसरी निरन्तर पहिरो बग्दा थुनिन सक्ने सम्भावना रहेको जनाएको छ ।

विज्ञापन

भिडियो लक्ष्मण जोशीको फेसवुकबाट

https://www.facebook.com/100000567965824/videos/386964812779837/

No photo description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै