होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भोकसँग लड्दालड्दै एक महिनामै तीन जनाले गुमाए ज्यान
समाचार

भोकसँग लड्दालड्दै एक महिनामै तीन जनाले गुमाए ज्यान

आधुनिकताले भित्रिएको संकट

  • नागरिक रैबार
भोकसँग लड्दालड्दै एक महिनामै तीन जनाले गुमाए ज्यान

सुर्खेत- असार अन्तिम साता राउटे समुदायका सात महिने बालिका मयो शाहीको निधन भयो । बालिकाको निधन भएको एक साता नबित्दै सोही समुदायका ३४ वर्षीय दलबहादुर शाहीको पनि ज्यान गयो । बच्चा भएकाले बस्ती नसरेको राउटे समुदायका युवा दलबहादुरको निधन भएपछि राउटे बसाइँ सर्ने तरखरमा थिए ।

बसाइँ सर्ने तयारी गरिरहेकै बेला २१ वर्षीय मानसिंङ शाहीले पनि संसार छाडे । एक महिनामै लगातार तीन जनाको निधन भएपछि राउटेहरू अर्को ठाउँमा बसाइँ सर्ने तयारीमा छन् ।

राउटे युवा दलबहादुरको मिर्गाैलामा समस्या थियो । अन्त्यधिक मदिरा सेवन गर्न थालेपछि उनको मदिराकै कारण ज्यान गएको हुन सक्ने लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष सत्यदेवी खड्काको भनाइ छ । ‘मृत्यु भएका दुवै युवाले धेरै मदिरा सेवन गरिरहन्थे ।

विज्ञापन

राउटे समुदायका बालबालिका कुपोषण, स्याहारको कमी र युवाहरू मदिरा सेवनका कारण ज्यान जाने गरेको छ । ‘आज बच्चा जन्मियो । त्यो बच्चालाई दिनभरि झुपडीमै छाडेर राउटे महिला जंगल जान्छन्’, खड्काले भनिन्, ‘न बच्चाको स्याहार छ, न त सुत्केरी आमाको नै ।’

तीन वर्षको अवधिमा राउटे समुदायका ९ जना बच्चाले स्याहारको कमीका कारण ज्यान गुमाएका छन् । राउटे समुदायका तीन जनाको एक महिनाभित्र मृत्यु भएपछि जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले बस्तीमै पुगेर उनीहरूको स्वास्थ्य जाँचसमेत गरेको छ ।

राउटे समुदायका दलबहादुर शाही, मानसिंह शाहीको एक साताको अन्तरमा मृत्यु भएको थियो । त्यसअघि गुर्भाकोटमा एक बालकको मृत्यु भएपछि उनीहरू सल्यान सरेका थिए । सुर्खेतको सिमानामा पर्ने कालीमाटी गाउँपालिकाको काल्चेमा बसाइँ सरेका छन् ।

आधुनिकताले भित्रिएको संकट

जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदाय आधुनिकतामा जोडिएसँगै संकटमा पर्न थालेका छन् । उहीले समुदायबाट अलग्गै बस्थे । काठका विभिन्न सामग्री बनाएर आफ्नो जीविका चलाउँथे । जंगलमा बाँदरको सिकार गर्थे । कन्दमूल तथा विभिन्न जडीबुटी ल्याएर खान्थे । पैसा छोए पाप लाग्छ भन्ने उनीहरू प्रकृतिमै रमाएका थिए । जसका कारण उनीहरू बिरामी परे पनि जडीबुटीले निको भइहाल्थ्यो ।

बाह्रैमास जंगलको काखमा आधा जिउ ढाक्ने राउटेहरूलाई पछिल्ला केही वर्षयता गर्मी र जाडो दुवैले उत्तिकै सताउन थालेको छ । बस्ती विकासले आफूहरूको जंगल विनास हुँदै गएको राउटेको गुनासो छ । जंगलमा सिँदाबाँदर, गिठ्ठा, भ्याकुरजस्ता कन्दमूलसमेत भेटिन छाडेका छन् ।

परम्परागत पेसा संकटमा

राउटे समुदायको परम्परागत पेसासमेत संकटमा पर्न थालेको छ ।  राउटे मुखिया महिनबहादुर शाहीका अनुसार पहिले ज्वरो, निमोनिया, आउँ हैजा, पखाला, केही रोग लाग्थेन । केही दशकयता उनीहरूको स्वास्थ्य निकै कमजोर बनेको छ ।  रोगले कतिपयको त अकालमै मृत्यु भरहेको छ ।

घना जंगलमा बस्न रुचाउने राउटेहरू अचेल अन्य समुदाय नजिक र सहरबजार आसपासमा बस्न थालेका छन् । कन्दमूल, गिठ्ठा, भ्याकुर र गुनाबाँदर खाने राउटे समुदाय अहिले विभिन्न किसिमका मदिरा र विषादी हालेका खानेकुरा खान थालेका छन् ।

राउटे समुदायमा काम गर्ने नाममा विभिन्न थरीका संघ-संस्था भित्रिन थालेका छन् । यति मात्र होइन, पैसा छोए पाप लाग्छ भन्ने राउटे समुदायमा पछिल्लो समय ‘पैसा मोह’समेत बढेको छ ।

घट्दै राउटेको संख्या 

दुई वर्षअघि १ सय ५६ जनाको संख्यामा रहेका राउटे समुदायको संख्या अहिले १ सय ४२ जनामा समेटिएको छ । राउटे समुदायमा सहजकर्ता भएर काम गरेका लालबहादुर खत्री भन्छन्, ‘पहिले सबै आफ्नो काममा व्यस्त हुन्थे । उनीहरूको संस्कृति बचेको थियो । अहिले सबै जना बिहानदेखि साँझसम्मै मदिरामा लिप्त हुन्छन् ।’

राउटे मृत्युको मुख्य कारण जाँडरक्सी हो । राउटेले धेरै जाँडरक्सी सेवन गर्लान् भनेर पनि व्यापारीले जाँड, रक्सीमा युरिया मल, लागूऔषध हालेर उत्पादन गर्ने राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष खड्काको आरोप छ । त्यही रक्सी पिउँदा मृत्यु हुने गरेको खड्काको दाबी छ ।

उनले भनिन्, ‘यसरी राउटेलाई विषादीयुक्त जाँड-रक्सी दिनेलाई सरकारले छानबिन गरेर कारबाही गर्नुपर्छ ।’ नेपालकै लोपोन्मुख राउटे समुदायको संरक्षणका लागि तिनलाई मदिरा पिउन र दिन प्रतिबन्ध लगाउनुपर्नेमा खड्काको सुझाव छ ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतद्वारा स्वास्थ्य जाँच

एक महिनाभित्रै तीन जनाको मृत्यु भएपछि जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले बस्तीमै पुगेर उनीहरूको स्वास्थ्य जाँच गरेको छ ।

राउटे समुदायका ५० बढीको स्वास्थ्य जाँच गरिएको जनस्वास्थ्य प्रमुख चेतनिधि वाग्लेले जानकारी दिए । वाग्लेका अनुसार सबैको जाँच गर्न खोज्दा धेरै आएनन् । धेरै बालबालिका बढीजसो कुपोषित छन् ।

यसरी बिरामी पर्नुमा बस्तीमा शुद्ध खानेपानी नहुनु, मदिराको लत धेरै हुनुलगायत कारण देखिएको उनले बताए ।पालिका खबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार