नागरिक रैबार/बाजुरा ३१ असार। सरकारको कानूनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा बाजुराका खम्म बहादुर खातिलाई नियुक्ति गरिएको छ ।
प्रधानमन्त्री सेरवहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता खातिलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् । नेपाल बार एशोसिएसनका पूर्व महासचिव समेत रहेका खातीलाइ राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम नियुक्त भएका हुन् । ।
फेसबुक प्रतिक्रियाहरु