होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पहिरोका कारण बझाङ्ग अतरीया जोड्ने राजमार्ग अवरुद्ध
समाचार

पहिरोका कारण बझाङ्ग अतरीया जोड्ने राजमार्ग अवरुद्ध

  • नागरिक रैबार
पहिरोका कारण बझाङ्ग अतरीया जोड्ने राजमार्ग अवरुद्ध

बझाङ्ग — आईतबार देखि परेको वर्षाका कारण खसेको पहिरोले जयपुथ्वी राजमार्ग अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार जयपुथ्वीराजमार्ग अन्तरगत पर्ने बैतडीको ढोल्यामोड भन्ने ठाउमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ ।

पहिरोले करिब २५ मिटर सडक ढाकेपछि तराई बाट पहाड तथा पहाड बाट तराई जान हिडेका सवारी साधन तथा यात्रुहरु बिहान देखी नै बिच बाटोमै अलपत्र परेको ढोल्यामोड चेकपोष्टका हबल्दार पदम अधिकारीले बताए ।

झरीले पहिरो पन्छाउन गरिएको प्रयास सफल भएको छैन । ‘जति हटायो उति माथिबाट पहिरो खसेको खस्यै छ,’ जाममा फसेका जिप चालक कमल खड्काले भने, ‘पानी नरोकिएसम्म राजमार्ग खुल्न मुस्किल छ ।’ दर्जनौं स्थानमा पहिरो झरेका कारण यात्रा जोखिमपूर्ण बनेको उनले टेलिफोनमा बडिमालिका खवरलाइ जानकारी दिएका छन ।

सडक विभाग तथा सम्बन्धित निकायसँगको समन्वयमा बाटो खुलाउने कार्य थालिए पनि पानी परिरहेकाले सडक खुलाउन समय लाग्ने भएको छ। सडकमा अहिले सवारी साधनहरुको जाम रहेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार