होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमालेको विवाद समाधान गर्न कार्यदल गठनको तयारी
समाचार

एमालेको विवाद समाधान गर्न कार्यदल गठनको तयारी

  • नागरिक रैबार
एमालेको विवाद समाधान गर्न कार्यदल गठनको तयारी

१ जेठ, काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न शनिबार कार्यदल गठन गर्ने तयारी नेताहरुले गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले आन्तरिक विवाद समाधानका लागि कार्यदल गठनको तयारी गरेका हुन् ।

यसअघिको भेटवार्तामा ओली र नेपाल दुवै पक्ष कार्यदल गठन गर्ने र त्यसको आधारमा विवाद समाधान गरेर अघि बढ्न सहमत भएका थिए । यद्यपि कार्यदल कति सदस्यीय रहने र त्यसमा को–को नेता रहने भन्ने टुंगो लागिसकेको छैन । ‘शनिबार ओली र नेपालबीच छलफल गरेर कार्यदल बनाउने तयारी छ,’ एमाले ओली पक्षका एक नेताले भने ।

माधव नेपाल पक्षका नेता युवराज ज्ञवालीले आ–आफ्ना पक्षका नेताहरुबीच छलफल गरेर कार्यदलमा रहने सदस्यहरु टुंगो लगाउने बताए ।

एमाले नेताहरुका अनुसार कार्यदललाई नेताहरुको जिम्मेवारी, संगठन संरचना र अन्य विवादित विषय समाधानको बाटो पहिल्याउने जिम्मा दिइने छ ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला नेपाल पक्षको मागअनुसार पार्टीलाई २०७५ साल जेठ २ गतेकै अवस्थामा फर्काउन र सोही आधारमा समाधान खोज्न ओली सहमत भएका थिए । सो सहमतिसँगै एमालेको विवाद मत्थर भएको छ ।

नेपाल पक्षका केन्द्रीय सदस्यहरुको बैठक जारी

यसैबीच नेकपा एमाले माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुको बैठक आज पनि बस्दै छ । भर्चुअल रुपमा दिउँसो बस्ने बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी रहने नेता ज्ञवालीले बताए ।

ज्ञवालीका अनुसार हालसम्म धारणा राख्ने सबै केन्द्रीय सदस्यहरुले जेठ दुईमा फर्किंदा त्यस बेलाका सबै संरचनाहरु यथावत रहनुपर्छ र त्यसपछिमात्रै कार्यविभाजनमा छलफल अघि बढाउनु पर्ने सुझाव दिएका छन् । उनीहरुले माओवादीबाट एमालेमा आएका नेताहरुको बारेमा पनि जेठ २ गतेसम्मको केन्द्रीय कमिटी बैठकको बैठक बसेर निर्णय गर्नुपर्ने सुुझाव दिएका ज्ञवालीले बताए ।

‘माओवादीबाट एमालेमा आएका नेताहरुलाई जिम्मेवारी दिने सवालमा पनि जेठ २ गतेसम्मको जुन केन्द्रीय कमिटी छ, त्यही बैठक बसेर कसलाई थप्ने, कसलाई हटाउने भन्ने निर्णय गर्नुपर्छ भन्ने सुझाव साथीहरुले दिनु भएको छ,’ ज्ञवालीले भने ।

यसअघि अध्यक्ष ओलीले आफूलाई साथ दिएका पूर्वमाओवादी नेताहरु रामबहादुर थापा (बादल), टोपबहादुर रायमाझी, मणि थापालगायतका नेताहरुलाई समेटेर माधव नेपाल पक्षलाई जिम्मेवारीविहीन बनाएका थिए ।

त्यस्तै ओलीले नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए । यद्यपि पार्टी एकतालाई कायम राख्ने भन्दै सो कारबाही ओलीले फिर्ता लिइसकेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि