होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, मंसिर १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अविश्वास प्रस्ताव छल्न मध्यरातमै गण्डकीमा प्रदेशसभा अधिवेशन अन्त्य
समाचार

अविश्वास प्रस्ताव छल्न मध्यरातमै गण्डकीमा प्रदेशसभा अधिवेशन अन्त्य

  • नागरिक रैबार
अविश्वास प्रस्ताव छल्न मध्यरातमै गण्डकीमा प्रदेशसभा अधिवेशन अन्त्य

२ वैशाख, पोखरा । गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।

अधिवेशन अन्त्य भएको सूचना प्रदेश सभा सचिवालयमा पुगिसकेको छ । आज साढे १० बजे अधिवेशन अन्त्य सम्बन्धी सूचना संसदमा आइपुगेको प्रदेश सभाका सचिव हरिराज पाेखरेलले जानकारी दिए ।

अविश्वासको प्रस्ताव आउने भएपछि मुख्यमन्त्री गुरूङले अधिवेशन अन्त्यको सिफारिस गरेका हुन् । आजै मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी थियो । चालु अधिवेशन अन्त्य भए पनि बजेट अधिवेशन नजिकै भएकाले मुख्यमन्त्री गुरुङलाई सजिलो भने छैन ।

विज्ञापन

गत चैत २५ गतेदेखि मात्रै विधेयक अधिवेशन सुरू भएको थियो । ३ दिन चलेको संसद ६ गतेसम्मका लागि स्थगित थियो ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार