धनगढी: धनगढीमा देउडा प्रतिष्ठान तदर्थ समिति गठन भएको छ। वरिष्ठ लोक गायक नरेन्द्रराज रेग्मीको अध्यक्षतामा ९ सदस्यीय देउडा प्रतिष्ठान तदर्थ समिति गठन भएको हो।
सोमबार कलाकर्मीहरुको भेलाले तदर्थ समितिको उपाध्यक्षमा सुरत रावत (डोटेली कान्छा), सचिवमा भवानी रेग्मी, सह–सचिवमा तोयनाथ भट्ट, कोषाध्यक्षमा प्रेम विवश चन्द र सदस्यहरुमा दलबहादुर बोगटी, ध्वजबहादुर महरा, बिरेन्द्र खडका, माया पाण्डेय चयन गरेको छ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको चिनारीका रुपमा रहेको देउडालाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउनुका साथै यस क्षेत्रको भाषा, कला, संस्कृति, भेषभुषा तथा रितिरिवाजको संरक्षण, सम्बर्द्धन एवं प्रचारप्रसारका गर्ने उद्देश्य बोकेर देउडा प्रतिष्ठान स्थापना भएको अध्यक्ष रेग्मीले बताए।
फेसबुक प्रतिक्रियाहरु