होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • ओलीलाई नहटाए मुलुक ठूलो दुर्घटनामा फस्छ : पौडेल
राजनीति

ओलीलाई नहटाए मुलुक ठूलो दुर्घटनामा फस्छ : पौडेल

  • नागरिक रैबार
ओलीलाई नहटाए मुलुक ठूलो दुर्घटनामा फस्छ : पौडेल

पर्वत — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थायी लोकतन्त्र र मुलुकको समृद्धि चाहने शक्तिहरु मिलेर केपी शर्मालाई नहटाए मुलुक ठूलो दुर्घटनामा फस्ने चेतावनी दिएका छन् ।

कुश्मामा आयोजित एक कार्यक्रममा पौडेलले संविधान र विधान लत्याउने ओलीले मुलुकलाई जतिसुकै बेला ठूलो भड्खालोमा हाल्नसक्ने चेतावनी दिए ।

पुस ५ गतेयता ओलीले संसद् र पार्टीभित्र चालेका हरेक कदमले उनको प्रवृत्ति छर्लङ्ग भएको पौडेलेको भनाइ थियो । अब पनि ओलीलाई सरकारमा टिकिरहन दिए बर्मामा भन्दा ठूलो दुर्घटना घट्ने पौडेलले बताए ।

‘हिजो संसद् विघटन हुनबाट जोगायौं । अब ओलीवादबाट बचाउन जरुरी छ,’ उनले भने, ‘संविधानमा मात्रै प्वाल पारेर नभएर अहिले आफ्नै पार्टी विधान जलाउने काम जसरी ओलीले गरेको छन् । भोलि देशको व्यवस्थामाथि नै ‘कु’ नगर्लान् भन्न सकिँदैन ।’ पार्टीको महाधिवेशनमा विजयी भएर जिम्मेवारी पाएका नेताहरुको अधिकार खोस्नेले मुलुकका विरुद्ध जस्तोसुकै कदम चाल्न पछि नपर्ने उनले बताए ।

देशमा संकट गहिरिएका बेला कांग्रेस सत्ताको जोडघटाउमा लाग्न नहुने उनको भनाइ छ । ‘कांग्रेस अहिले सत्ता चाहियो भनेर लाग्ने होइन,’ उनले भने, ‘पहिला ओलीलाई हटाउनुपर्‍यो । त्यसका लागि कुन पार्टीसँग मिल्नुपर्छ । कस्तो आन्दोलन गर्नुपर्छ । कांग्रेस तयार हुनुपर्छ । यो कुरा मैले सभापतिज्यूलाई पनि भनेको छु ।’

 

सभापति देउवा अहिले नै नेतृत्व लिन हतारिन नहुने भन्दै वरिष्ठ नेता पौडेलले सहज परिस्थिति आएमा कांग्रेसबाट नेतृत्व लिने व्यक्तिमा विवाद नरहेको स्पस्ट पारे । ‘पार्टी सभापति र संसदीय दलको नेता देउवाजी नै हो,’ उनले भने, ‘उहाँको विकल्प छैन ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ४ दिन अगाडि