होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • छात्रामाथि बलात्कार आरोपमा एक शिक्षक पक्राउ
समाचार

छात्रामाथि बलात्कार आरोपमा एक शिक्षक पक्राउ

  • नागरिक रैबार
छात्रामाथि बलात्कार आरोपमा एक शिक्षक पक्राउ

काठमाडौं : छात्रामाथि बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। पीडित छात्राले जाहेरी दिएपछि ती शिक्षकलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

नेपालगञ्जको एक टेक्निकल स्कूलमा पढ्ने १७ वर्षीया छात्रालाई ४१ वर्षीय शिक्षक हिक्मत रावलले पटक–पटक बलात्कार गर्दै आएको जाहेरीमा उल्लेख छ। पढाइदिने बहानामा होटल र घरमै बोलाएर शिक्षक रावलले तीन पटक बलात्कार गरेको जाहेरीमा उल्लेख छ। पहिलो पटक बलात्कार गर्दा भिडियो बनाएको दावी गर्दै शिक्षक रावलले आफूले भनेको नमाने त्यो बाहिर ल्याइदिने धम्की दिने गरेका थिए। बाँके प्रहरीका अनुसार सात दिनको म्याद थप गरेर उनीमाथि अनुसन्धान भइरहेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार