काठमाडौँ — सर्वोच्च अदालतको प्रांगणको नेपाल बारको जारी आन्दोलन बिथोल्न अदालत अगाडि युवाहरुले प्रदर्शन गरेका छन् । वकिलहरुले प्रदर्शन गरिरहेको बेला सर्वोच्च अगाडि युवाहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा नाराबाजी गरेका हुन् ।
विभिन्न प्ले कार्डसहित आएका युवाहरुले प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई रोकेको थियो ।
मोटरसाइकल र्यालीसहित प्रदर्शनमा आएका ती युवाहरुले ‘न्याय बेच्न पाइँदैन’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए ।
प्रहरीले उनीहरुलाई केहीबेरपछि त्यहाँबाट हटाएको थियो ।
फेसबुक प्रतिक्रियाहरु