होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • जगन्नाथ
  • जगन्नाथ २ मा समाजवादीकाे वडा अधिवेशन सम्पन्न, अध्यक्षमा राेकाया चयन
जगन्नाथ

जगन्नाथ २ मा समाजवादीकाे वडा अधिवेशन सम्पन्न, अध्यक्षमा राेकाया चयन

  • नागरिक रैबार
जगन्नाथ २ मा समाजवादीकाे वडा अधिवेशन सम्पन्न, अध्यक्षमा राेकाया चयन

महेश कार्की/ काेल्टी २७ कार्तिक।
बाजुराको जगन्नाथ गाउँपालिकामा नेकपा एकीकृत समाजवादी बाजुराको प्रथम वृहत भेला तथा वडा अधिवेशन कार्यक्रम सम्पन्न भएको छ । नेकपा एकिकृत समाजवादिले आज एक कार्यक्रमको आयोजना गरी जगन्नाथ गाउँपालिका वडा नं दुईको वडा भेला कार्यक्रम भब्यताका साथ सम्पन्न भएको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेबाट अलग वनेको नेकपा एकिकृत समाजवादिले बाजुरा जिल्ला भर संगठन विस्तार गर्ने क्रममा आज जगन्नाथमा पनि भब्य रूपमा  वडा भेला सम्पन्न गरेको छ । नेकपा एकिकृत समाजवादिका जिल्ला कमिटी सदस्य लोकेन्द्र बहादुर विष्टको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नेकपा एकिकृत समाजवादिका बाजुरा जिल्ला सचिव पुरबहादुर रावत प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि रावतले अहिलेको केपी ओलीको पार्टी नेकपा एमाले अदालतले जन्माएको बताएका छ्न् । एमाले र जनताको वहुदयिल जनवाद केपी ओलीले एमाले र माओवादि एकिकरण गर्दा खारेज गरीसकेकाे नेता रावतले दावी गरेका छन् । अहिलेको नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजि पार्टी भएकोले उक्त पार्टीमा गैर कम्युनिष्टहरु र केपी ओलीका भक्तहरु मात्र समिति रहेको उनकाे भनाई छ । खास कम्युनिष्टहरुत नेकपा एकिकृत समाजवादिमा रहेको जिल्ला सचिव रावतको दावि छ । उहाँले पार्टी अध्यक्ष ओलीको ब्यक्तिगत स्वार्थ, दम्भ अहंकार र गुटवन्दी जस्ता कुसंस्कारका कारण पार्टी विभाजित हुन पुगेको पनि आंैल्याउनुभएको छ । पार्टी अध्यक्ष ओलीलाई जनताले राम्रो संग केलाएको बताउदै सचिव रावतले समयमा सहि निर्णय लिन नेता तथा कार्यक्रतालाई आग्रह गर्नुभएको छ । उहाँले अव नेकपा एकिकृत सममाजजादि नंै देशको पहिलो पार्टी हुने दावि गर्दै दोधारमा परेका र अलमलिएका नेता तथा कार्यक्रतालाई वेलैमा सहि निर्णय लिन आग्रह गर्नुभएको छ । छाटो समयमै नेकपा एकिकृत समाजवादिले देश भर संगठन विस्तार गर्न सफल भएकाले देशको पहिलो पार्टी वन्ने विश्वास नेता तथा कार्यक्रतमा छ । जिल्ला कमिटी सचिवालय सदश्य दिपजंग गिरी, रत्नचन्द्र जोशी, धर्मबहादुर शाही, तेज बहादुर रावत विशिष्ट अतिथि रहनुभएको कार्यक्रममा नेकपा एसका जिल्ला कमिटी सदश्य सुरत बहादुर शाही, प्रकाश शाही, नेकपा माओवादि पार्टी प्रतिनिधि धनसुर शार्की, नेपाली काग्रेस जिल्ला कार्य समिति सदश्य अर्जुन विष्ट, युवा संघ जिल्ला कमिटी सचिव रोशन शाही, सचिवालय सदश्य युवराज गिरी लगायत अतिथि रहनु भएको थियो । आज सम्पन्न वडा भेलाले दिप रोकाया अध्यक्ष रहने गरी ४१ सदश्यीय वडा संगठन कमिटी गठन भएको बताईएको छ । जसमा संगठनको उपाध्यमा पदमकला शाही र विर्खराज गिरी, शेर बहादुर विष्ट सचिव, सावित्रा शाही, मानसरा नाथ, र अंग शार्की, सहसचिव र निम शार्की कार्यालय सचिव रहने गरी ४१ सदश्यीय वडा संगठन कमिटी गठन भएको पत्रकार महेश कार्कीले जानकारी दिनुभएको छ । प्रमुख अतिथि रावतले वडा संगठन कमिटीका सम्पुर्ण पदाधिकारीलाई आजंै सपथ खुवाउनुभएको उहाँले बताउनुभयो । वडा भेलाले युवा संघको गाउँ कमिटीका लागि १० र जिल्ला कमिटीका लागि २ जनालाई सिफारीस गरेको छ । सचिव शेर बहादुर विष्टले सञ्चालन गर्नुभएको कार्यक्रममा करीव दुई सय वढि नेता तथा कार्यक्रताको वाग्लो सहभागिता रहेको बताईएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै