होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जिप दुर्घटनामा घाइते भएका परियारको चार महीनापछि मृत्यु
समाचार

जिप दुर्घटनामा घाइते भएका परियारको चार महीनापछि मृत्यु

  • नागरिक रैबार
जिप दुर्घटनामा घाइते भएका परियारको चार महीनापछि मृत्यु

गुल्मी । गत वैशाख १ गते प्युठान भएको जिप दुर्घटनामा परी घाइते सन्दीप परियारको मृत्यु भएको छ ।दुर्घटनामा गम्भीर घाइते परियारको काठमाडौंस्थित टिचिङ्ग अस्पतालमा उपचारको क्रममा चार महीनापछि मृत्यु भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले बताए ।

मल्लरानी गाउँपालिका वडानम्बर-३ घर भएका २८ वर्षका सन्दीप परियार जिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिता प्रतिलिपी शाखामा खरिदार पदमा कार्यरत थिए ।

गुल्मीबाट नयाँ वर्ष मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीसहितको टोली धार्मिक तीर्थस्थल प्युठानको स्वर्गद्वारी जाने क्रममा प्युठानको स्वर्गद्वारी नगरपालिका-३ रुमालेमा लु१ज १६५५ नम्बरको जिप दुर्घटना परेको थियो ।

विज्ञापन

दुर्घटनामा परेर गम्भीर घाइते परियारसहित ६ जनालाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो । गम्भीर घाइतेमध्ये अरु पाँच जना भने उपचारपछि घर फर्किसकेका छन् ।

दुर्घटनामा परेर जिल्ला प्रशासनका कार्यालय गुल्मीमा कार्यरत चार जना कर्मचारी र चालक गरी पाँच जनाको मृत्यु भएको थियो । जिपमा सवार १७ मध्ये १२ जना घाइते भएका थिए ।

जिप घुम्तिमा बसलाई ओभरट्याक गर्ने क्रममा भीरबाट करिब १५० मिटर तल खसेको थियो । घाइतेहरुले भने जिप बाटोमा पटक-पटक बिग्रेर बनाउँदै गएको बताएका थिए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार