होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, भदौ २६, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • बालुवाटार छाडेर बालकोटतिर लागे ओली
राजनीति

बालुवाटार छाडेर बालकोटतिर लागे ओली

  • नागरिक रैबार
बालुवाटार छाडेर बालकोटतिर लागे ओली

काठमाडौँ– निवर्तमान प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेका छन् ।अदालतको परमादेशमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री चयन भएसँगै ओलीले बालुवाटार छाडेका हुन् । आफ्नै निवास बालकोटमा सरेका उनलाई कार्यकर्ताले पनि स्कर्टिङ गरेका छन् ।

ओली बालुवाटारबाट बालकोट जाँदा ओलीको पक्षमा जुलुस निकालेर युथ फोर्स र राष्ट्रिय युवा संघ नेपालले दुई हजार गाडी र तीन हजार मोटरसाइकलले स्कर्टिङ गर्ने नेता महेश बस्नेतले मंगलबार नै सामाजिक सञ्जालमार्फत उद्घोष गरेका थिए । तर भारी वर्षाका कारण र्‍याली बिथोलिएको छ ।

सर्वोच्च अदालतको पदमादेशबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि ओली प्रधानमन्त्रीबाट हटेका थिए । देउवाले मंगलबार नै प्रधानमन्त्री पदको सपथ लिँदै कार्यभार सम्हालिसकेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार