होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, मंसिर १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पार्टी निकट पत्रकारहरूलाई माधव नेपालको निर्देशन- ‘जाँड-रक्सी नखानू नत्र म राम्रो मान्दिनँ’
समाचार

पार्टी निकट पत्रकारहरूलाई माधव नेपालको निर्देशन- ‘जाँड-रक्सी नखानू नत्र म राम्रो मान्दिनँ’

  • नागरिक रैबार
पार्टी निकट पत्रकारहरूलाई माधव नेपालको निर्देशन- ‘जाँड-रक्सी नखानू नत्र म राम्रो मान्दिनँ’

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट पत्रकारहरूलाई मदिरा सेवन नगर्न निर्देशन दिएका छन् । अध्यक्ष नेपालले पार्टी निकट पत्रकारहरूले रक्सी खाएको थाहा पाए आफूले राम्रो नमान्ने चेतावनी समेत दिए । पार्टी निकट समाजवादी प्रेस संगठन, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले जाँड-रक्सी खाँदै नखान र राम्रो काम गरेर देखाउन पनि पत्रकारहरूलाई आग्रह गरे । ‘तपाइँहरूमा पनि साँझ पर्ने बित्तिकै पाँचतारे होटल धाइधाइकन नखाइकन निद्रा नलाग्ने अवस्था पक्कै पनि छैन होला । यो कुरा भएको थाहा पाएँ भने म राम्रो मान्दिनँ । तपाइँको स्वास्थ्यलाई पनि काम गर्छ । म सझुाव दिन चाहन्छु रक्सीले मान्छेको स्वास्थ्य खतम पार्छ । आयु घटाउँछ, रोग निम्त्याउँछ । रोगी बन्नुहुन्छ तपाइँ । तपाइँको पैसाको दुरुपयोग हुन्छ । तेस्रो घर कलह सुरु हुन्छ । त्यसपछि तपाइँको खराब बानी व्यवहार छोराछोरीमा जाने डर हुन्छ । त्यसले समाजमा ठूलो विकृति बढ्दछ । समाजमा कलह पैदा हुन्छ । त्यसो हुनाले व्यक्तिको प्रतिष्ठा बढ्दैन । सम्मान बढ्दैन । जाँड-रक्सी खायो भने प्रतिष्ठा बढला भन्ने नठान्नू होला । बिहान उठने बित्तिकै एक प्याक ल्याउ भन्नेहरू हुन्छन् । त्यो हो भने ठीक हुँदैन’ नेता नेपालले भनेका छन् ।

उनले रक्सी खाँदै नखान र राम्रो स्वास्थ्य बनाउन पनि सुझाव दिए । उनले भने, ‘खाँदै नखानुस् । नखाए तपाइँको वेट घट्दैन । राम्रो चिज खानुस् । राम्रो स्वास्थ्य बनाउनुस् । तगडा हुनुस् । दिगाग तिखो बनाउनू र राम्रो काम गर्नुस् ।’

विज्ञापन

यस्तै उनले लेखनमा, भाषणमा र नयाँ सूचना प्रवृत्तिको प्रयोगमा शक्ति आर्जन गर्न पनि पार्टी निकट पत्रकारहरूलाई आग्रह गरे । सम्बोधनको क्रममा उनले आफ्नो पार्टीले जनतालाई न्याय, समानता र समृद्धि दिलाउने गरी समाजवादको यात्रा तय गरेको दाबी गरेका थिए । त्यसका लागि अहिले पनि व्यक्तिवाद, निरंकुशतावादविरुद्धको लडाइँ लडिरहनु परेको अध्यक्ष नेपालको भनाइ थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार