होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • काँग्रेसबाट २ र माओवादीबाट ३ मन्त्रीले सपथ लिने
राजनीति

काँग्रेसबाट २ र माओवादीबाट ३ मन्त्रीले सपथ लिने

  • नागरिक रैबार
काँग्रेसबाट २ र माओवादीबाट ३ मन्त्रीले सपथ लिने

काठमाडौं, २९ असार । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आजै सानो मन्त्रिमण्डल गठन गर्ने भएका छन् । उनले काँग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँडलाई मन्त्री बनाउने भएका छन् ।

नेकपा माओवादी केन्द्रबाट पम्फा भुसाल, जर्नादन शर्मा र देव गुरुङ पनि मन्त्री बन्ने भएका छन् । उनीहरुले आजै सपथ लिनेछन् ।

जनता समाजवादी पार्टीबाट को मन्त्री बन्ने तय भएको छैन । उपेन्द्र यादव आफै उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय सम्हाल्द पुग्ने सम्भावना छ । राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव पनि मन्त्री बन्ने सम्भावित हुन् ।

विज्ञापन

राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागिता जनाउने भएको छ । जनमोर्चाले उपसभामुखको दाबी गर्दै आएको छ ।

नेकपा एमालेको माधवकुमार नेपाल खेमा भने सरकारमा सहभागी हुने छैन । नेपाल खेमाले एमाले एकतामा ध्यान दिने भन्दै गठबन्धन छाडेको छ । यसलाई अर्थपूर्ण मानिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार