काठमाडौँ । सर्वोच्च अदालतको परमादेश अनुसार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले काँग्रेस सभापति शेरबहादुर देउवालाई मंगलबार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
राष्ट्रपतिले संविधानको धारा उल्लेख गरेर प्रधानमन्त्री नियुक्त गर्ने प्रचलन रहे पनि देउवाको नियुक्तिमा सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८ असार २८ गतेको फैसला बमोजिम नियुक्त गरिएको उल्लेख छ।
सोमबार सर्वोच्च अदालतले देउवालाई संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेको थियो। तर, विज्ञप्तिमा धारा, उपधारा केही उल्लेख गरिएको छैन्।
फेसबुक प्रतिक्रियाहरु