होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • क–कसले अस्वीकार गरे मन्त्री बन्ने देउवाको प्रस्ताव ?
राजनीति

क–कसले अस्वीकार गरे मन्त्री बन्ने देउवाको प्रस्ताव ?

जसपा साउन ७ पछि मात्रै सरकारमा जाने, जनमोर्चा अनिर्णित

  • नागरिक रैबार
क–कसले अस्वीकार गरे मन्त्री बन्ने देउवाको प्रस्ताव ?

सर्वोच्च अदालतले प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको केही घण्टापछि नै काँग्रेस सभापति शेरबहादुर देउवाले सत्ता समीकरणको प्रयास थालेका छन् ।

देउवाले आफ्नो नेतृत्वको मन्त्रिपरिषदमा सहभागी हुन नेकपा माओवादी केन्द्र, एमाले (माधव नेपाल समूह), जसपा (उपेन्द्र यादव समूह) र राष्ट्रिय जनमोर्चाका नेताहरुलाई आग्रह गरेका छन् ।

सोमबार अपरान्ह कोटेश्वरमा माधव नेपालको घर नजिकै बसेको विपक्षी गठबन्धनको बैठकमा काँग्रेस सभापति देउवाले सरकारमा सहभागी हुन विपक्षी गठबन्धनका नेताहरुलाई निम्तो दिएका हुन् ।

विज्ञापन

विपक्षी गठबन्धनको बैठक बसिरहेकै बेला शीतल निवासबाट मंगलबार शपथ ग्रहणका लागि देउवालाई खबर आएको काँग्रेस नेताहरुले सूचना दिएका थिए । त्यसपछि भोलिको सपथ ग्रहणमा क–कसलाई मन्त्री बनाउने भन्नेबारे दलगत रुपमा छलफल भएको थियो ।

देउवाको निम्तालाई अस्वीकार गर्दै एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टीको परिस्थिति अलि फरक भएकाले एमालेको संस्थागत निर्णयअनुसार अघि बढ्ने प्रतिक्रिया दिए ।

अहिले गठबन्धनका अन्य दलहरूको सहभागितामा सरकार बनाउन र विस्तारै एमालेलाई पनि संस्थागत रुपमै समेट्न नेता नेपालले देउवालाई आग्रह गरेको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई बताए । तत्कालका लागि भने आफ्नो समूह सरकारमा सहभागी नहुने एमाले नेता नेपालले देउवालाई जवाफ दिएको स्रोतले बतायो ।

बैठकमा सहभागी नेताहरुका अनुसार नेता नेपालले जस्तै जसपाका उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले पनि आफ्नो पार्टी भोलि नै सरकारमा सहभागी हुने स्थिति नरहेको बताएका छन् । साउन ७ गते पछिमात्रै सरकारमा जाने परिस्थिति बन्ने जसपाका नेताहरुले देउवालाई जवाफ दिएका छन् ।

एमालेमा जस्तै जनता समाजवादी पार्टीमा पनि आन्तरिक विवाद छ । महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमै पुगेर पार्टी विभाजन गर्ने सहमति जनाइसकेका छन् । यसबारे निर्णय गर्न आयोगले गठन गरेको इजलासमा साउन ३ गते सुनुवाई हुँदैछ ।

सोमबारको बैठकमा ‘वेइटिङ प्राइमिनिस्टर’ देउवाले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई पनि मन्त्री बन्न प्रस्ताव गरेका थिए । देउवाको प्रस्तावमै सही थप्दै माधव नेपाल र प्रचण्डले पनि पौडेललाई मन्त्री बन्न आग्रह गरेको स्रोतले बतायो ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी यसअघि नै उपप्रधानमन्त्री बनिसकेकाले जनमोर्चा पनि सरकारमा सहभागी बन्दा फरक नपर्ने नेताहरुले बताएका थिए । तर, पौडेलले यसबारे पार्टीमा कुनै निर्णय नभएका कारण भोलिको सपथ ग्रहणमा मन्त्री नबन्ने देउवालाई जवाफ दिएकी छिन् ।

माधव नेपाल, उपेन्द्र यादवको जसपा र राष्ट्रिय जनमोर्चाले तत्कालै मन्त्री बन्न अस्वीकार गरेपछि अब काँग्रेस र माओवादीबाट कम्तिमा एक÷एकजना मन्त्री मात्रै राखेर मंगलबार देउवाले प्रधानमन्त्रीमा सपथ लिने विपक्षी गठबन्धनका एक नेताले रातोपाटीलाई बताए ।

यद्यपि पहिलो चरणका मन्त्रीहरुको टुंगो मंगलबार बिहान मात्रै लाग्ने गठबन्धनका नेता बताउँछन् ।

माओवादी र काँग्रेसबाट को–को मन्त्री हुने भन्ने पनि टुंगो लागिसकेको छैन । मंगलबार सानो आकारको मन्त्रिपरिषद बन्ने देउवाले गठबन्धनको बैठकमा जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ हप्ता अगाडि