होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हुम्लाको खार्पुनाथ गाउँपालिकाका दश घरधुरी पहिरोको उच्च जोखिममा
समाचार

हुम्लाको खार्पुनाथ गाउँपालिकाका दश घरधुरी पहिरोको उच्च जोखिममा

  • नागरिक रैबार
हुम्लाको खार्पुनाथ गाउँपालिकाका दश घरधुरी पहिरोको उच्च जोखिममा

हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीको झोबन्ना र भात्खानका गरी १० घरधुरी पहिरो खस्ने डरको उच्च जोखिममा छन् । दुई दिनको लगातारको वर्षाले झोबन्नाका छ र भात्खानका चार वटा घर उच्च जोखिममा रहेको स्थानीयवासी हरिबहादुर रावलले बताए ।

मङ्सिरदेखि चैतसम्म बसोबास हुने यस क्षेत्रमा गाउँको माथि पट्टिबाट पहिराको लेदो बग्न थालेको रावलले बताए ।

गाउँको माथिपट्टि खेतीयोग्य जमीन रहेकाले माथिबाट बगेर आउने पानीले लेदो बनाएर बगेर आउँदा घरहरू पहिराको जोखिममा परेका हुन् । यो समय झोबन्ना र भात्खानमा गाईवस्तु पालनपोषणका लागि लैजाने हो ।

विज्ञापन

उक्त क्षेत्रमा वडा नं २ का १० घरपरिवार बसोबास गर्दै आएको छ । यो क्षेत्रमा बस्तीमाथि जताततै भिरालो र भिर भएकाले थप जोखिम बढेको हो ।

उक्त क्षेत्रमा सिंह रावल, कर रावल, माने रावल, अज रावल, लब छत्याल, नैनबहादुर छत्याल, कुस छत्याल बिर्ख छत्याल, डिल्ली रावल, छत्त रावल, बुदे रावल, भगर रावललगायतका परिवार बसोबास गर्दै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार