होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बाजुरामा निषेधाज्ञा बढ्छ तर खुकुलो हुन्छः प्रजिअ अधिकारी
Breaking News

बाजुरामा निषेधाज्ञा बढ्छ तर खुकुलो हुन्छः प्रजिअ अधिकारी

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुरामा निषेधाज्ञा बढ्छ तर खुकुलो हुन्छः प्रजिअ अधिकारी

नागरिक रैबार/बाजुरा ३०जेठ।बाजुरामा गत २२ वैशाखबाट जारी गरिएको निषेधाज्ञा भोली जेठ ३१ गते साँझ १२ बजे सकिदैछ । बाजुरामा कोरोना भाईरसको संक्रमण दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ ।

जिल्लामा कोरोना भाईरस संक्रमण फैलिएको भएपनि असार पहिलो सातासम्म लागु हुने गरी बाजुरामा निषेधाज्ञाको समयावधि बढाईने तर साविकको भन्दा खुकुलो हुने जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका सयोजक तथा प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बताएका छन् ।

असार पहिलो सातासम्म खुकुलो हुने गरी निषेधाज्ञा थप्नेबारे भोली जेठ ३१ गते सरोकारवाला निकायको बैठक बस्ने तयारी भएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले बाजुरामा पुनः केही समय निषेधाज्ञा थप्ने तयारी भएको प्रजिअ अधिकारीको भनाईछ ।

विज्ञापन

जिल्लाका ९ वटै स्थानीय तहका जनप्रतिनिधी जिल्लाका सुरक्षा प्रमुख देखि सम्बन्धित निकायसंग भोली परामर्श गरेर जिल्लामा निषेधाज्ञा खुकुलो गरी थप्ने निर्णय लिन लागिएको हो ।

२२ वैशाखबाट जारी गरिएको निषेधाज्ञा जेठको मसान्तसम्म गरी डेढ महिना लगाइसकिएको छ । यो समाचार तयारपार्दा सम्म बाजुरामा हालसम्म ७ सय ८३ जना कोरोना संक्रमित भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै