होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री बन्नबाट रोकिए देउवा
समाचार

प्रधानमन्त्री बन्नबाट रोकिए देउवा

  • नागरिक रैबार
प्रधानमन्त्री बन्नबाट रोकिए देउवा

काठमाडौं, ३० वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नबाट रोकिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय सरकार निर्माणको आव्हान गरे अनुसार देउवाले त्यसको पहल गरेपनि असफल भएका हुन् ।

आज साँझ ९ बजेसम्म बहुमतीय सरकार निर्माणका लागि प्रस्ताव लाने समय छ । तर, त्यसमा देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव जाने सम्भावनाको ढोका बन्द भएको छ । प्रधानमन्त्री बन्ने पहल गर्दै देउवाले आज दिनभर मुख्य दलका नेताहरुसँग छलफल गरेका थिए ।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई मनाउन देउवाले आज पहल गरेका थिए । बुढानिलकण्ठमा बोलाएर छलफल गरेपनि ठाकुरले साथ दिन नसक्ने जवाफ दिए ।

विज्ञापन

देउवा प्रधानमन्त्री बन्ने सम्भावना नदेखिएपछि प्रचण्डले आजै उनलाई भेटेर सम्भावनाबारे छलफल गरे । विश्वस्त स्रोतका अनुसार विकल्पमा जसपालाई सरकारको नेतृत्व दिने विषय थियो । तर, देउवा त्यसमा तयार नभएको बुझिएको छ । काँग्रेसको रामचन्द्र पौडेल पक्षधर भने महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर जानुपर्ने पक्षमा देखिएको छ ।

नेकपा एमालेको माधवकुमार नेपाल पक्षधर २० सांसदलाई राजीनामा दिन लगाएर अगाडि बढ्ने देउवाको प्रयास पनि सफल भएन । नेपाल पक्षधर २० सांसदको आज राजीनामा आएन । बरु नेपाल ओलीसँग भेटवार्ता गरी सहमति निकाल्न अगाडि बढे ।

देउवा रोकिएपनि अझै बहुमतको सरकार निर्माणको सम्भावना टरेको छैन । विकल्पमा जसपालाई सरकारको नेतृत्व दिने हुनसक्छ । तर, त्यसका लागि देउवा र प्रचण्ड तयार हुनुपर्छ । जसपाको उपेन्द्र यादव र महन्थ ठाकुरबीच पनि सहमति जरुरी छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि