कोरोना संक्रमित काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेबलाल श्रेष्ठको निधन भएको छ ।
न्यायाधीश श्रेष्ठको उपचारका क्रममा बुधबार राति निधन भएको हो । ५२ वर्षीय न्यायाधीश श्रेष्ठमा गत वैशाख ११ गते कोरोना संक्रमण पुष्टि भएपछि केहीदिन होम आइशोलेनमा हुँदै अस्पताल भर्ना गरिएको थियो । श्रेष्ठलाई अक्सिजनको सहायतामा टेकु अस्पतालमा उपचार गरिँदै आएकोमा निधन हुन पुगेको अस्पताल स्रोतले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु