होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पूर्वराजा अस्पतालबाट डिस्चार्ज
समाचार

पूर्वराजा अस्पतालबाट डिस्चार्ज

  • नागरिक रैबार
पूर्वराजा अस्पतालबाट डिस्चार्ज
काठमाडौं  — कोरोना संक्रमित भएर काठमाडौंको नर्भिक अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार कोरोनामुक्त भएर साँझ डिस्चार्ज भएका छन् । अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पूर्वरानी कोमल शाह भने अझै अस्पतालमै छन् ।

कोभिड संक्रमण देखिएपछि १९ दिनअघि छोरी प्रेरणासँगै पूर्व राजदम्पति अस्पताल भर्ना भएका थिए ।

अस्पतालमा ज्ञानेन्द्रलाई अक्सिजन दिएर राखिएको थियो । लगातारको उपचारपछि उनको स्वास्थ्यमा निकै सुधार भएको अस्पतालले जनाएको छ । कोरोनाका लक्षणहरु हराएपछि ३ दिनअघि गरिएको गरिएको परीक्षणमा कोरोना नेगेटिभ आएको थियो ।

विज्ञापन

अस्पतालले पूर्वरानी कोमल शाहको अवस्था सुधारोन्मुख रहेको जनाएको छ । उनलाई दिइने अक्सिजनको मात्रा लगातार घटाउँदै उपचारलाई जारी राखिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । केही दिनअघि उनलाई आइसियुबाट वार्डमा सारिएको थियो । उनको उपचार प्लाज्मा थेरापी विधिबाट समेत गरिएको थियो । अस्पतालका अनुसार पूर्व अधिराजकुमारी प्ररेणा पनि कोरोना मुक्त भइसकेकी छन् । तर, उनी आमा कोमलसँगै अस्पतालमै रहेकी छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार