होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मोजमस्तीमा जनप्रतिनिधिः जनताको वितृष्णा बढ्यो
समाचार

मोजमस्तीमा जनप्रतिनिधिः जनताको वितृष्णा बढ्यो

  • नागरिक रैबार
मोजमस्तीमा जनप्रतिनिधिः जनताको वितृष्णा बढ्यो

कर्णाली भित्रिने मुख्य नाका सुब्बाकुनामा प्रहरीले महिना दिनअगाडि घाँस राखिएको अवस्थामा सरकारी गाडी नियन्त्रणमा लिएको थियो । त्यो गाडी कर्णाली प्रदेशसभाअन्तर्गत अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेशप्रसाद सिंहको रहेको बताइएको छ । त्यतिबेला अध्यक्ष सिंह पश्चिम सुर्खेतस्थित बड्डीचौरमा थिए । उनका छोरालाई नेपालगन्ज विमानस्थल पु¥याएर फर्किंदा बाटोबाट गाडीमा घाँस हालिएको थियो । छुट्टै घाँस बोक्न प्रयोग नगरिए पनि जनप्रतिनिधिको गाडीमा घाँस राख्नु अस्वाभाविक थियो ।

यति मात्र होइन, मुख्यमन्त्री महेन्द्रबहादुर शाही र मन्त्रीहरू आव सकिएपछि अनुगमनको नाममा कोरोनाबीच हुलहुज्जत गर्दै कर्णालीको विकट बस्ती नभई रमणीय ठाउँमा पुगे । त्यहाँ कुनै महत्वपूर्ण काम नभई घुम्ने उद्देश्य थियो । उनीहरू भदौ २६ गते कालीकोट हुँदै जुम्ला, मुगुको रारा, हुम्ला र बाजुराका रमणीय ठाउँ पुगे । राज्यको तर्फबाट रमाइलो गर्न हिँडेका उनीहरूको चर्काे आलोचनासमेत भयो । यति मात्र होइन, राज्यको साधन र स्रोत दुरुपयोग हुँदा जनप्रतिनिधिसँग नागरिक निरास मात्र होइन, उनीहरूप्रति वितृष्णा पैदा भएको छ । सामान्य अपेक्षा राखेका जनताले आफ्नो अपेक्षा पूरा गर्नुको साटो जनप्रतिनिधि व्यक्तिगत धनदौलत र सुखसयलमा बढी केन्द्रित हुन थालेपछि जनप्रतिनिधिसँग जनताको वितृष्णा बढ्न थालेको हो ।

जनप्रतिनिधि राज्यको सम्पत्ति दुरुपयोग गरी मोजमस्तीमा रमाउलान् भन्ने कसैलाई विश्वास थिएन । जनताको सामान्य आधारभूत आवश्यकता परिपूर्तिसमेत पूरा गर्न नसकेको आरोप लागेका जनप्रतिनिधि बेलाबेलामा आउने विवादले जनताप्रतिको विश्वास झन् घट्दै गएको छ । जसले जनप्रतिनिधिलाई स्याबासी होइन, आलोचित बनाउन थालेको स्थानीय बताउँछन् । यो समाचार आजको नागरिक दैनिकमा गणेश विशुले लेखेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाज
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि