नागरिक रैबार/बाजुरा २७ भदौ। नेपाली काँग्रेस बडीमालिका नगरपालिका वडा नं. ८ को वडा सभापतिमा विरेन्द्र ऐडीले आफ्नो उम्मेदवारी रहने दावी गरेका ।
युवाहरुको प्रतिनिधित्व गर्दै वडामा बलियो काँग्रेस बनाउन वडा सभापतिमा आफ्नो उम्मेदवारी रहने ऐडीको भनाई छ । विद्यार्थी जिवन देखि नै राजनीतिमा प्रवेश गरेका ऐडीले वडामा पार्टीलाई एक ढिक्का बनाउनकै लागि भएपनि आगामी वडाको अधिवेशनबाट सर्वसम्मत वडा सभापतिमा चयन गर्न नेता कार्यकर्ताहरुलाई आग्रह समेत गरेका छन् ।
नेपाली काँग्रेस निकटको तरुण दलको सदस्य र हाल नेविसंघको वडा इन्चार्ज समेत रहेका ऐडीले युवा पुस्तालाई अवको नेतृत्व हस्तान्त्रण हुनु पर्ने बताएका छन् ।
फेसबुक प्रतिक्रियाहरु