होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • दिमागलाई शान्त राख्ने र कपाल झर्न रोक्ने ३ प्रकारका तेल
स्वास्थ्य-जीवनशैली

दिमागलाई शान्त राख्ने र कपाल झर्न रोक्ने ३ प्रकारका तेल

  • नागरिक रैबार
दिमागलाई शान्त राख्ने र कपाल झर्न रोक्ने ३ प्रकारका तेल

पछिल्लो समय मानिसहरु भागदौडको क्रममा थकित हुने गर्छन् । अधिकांश मानिसहरु थकान र व्यस्तताका कारण टाउको दुख्ने समस्याबाट पनि पीडित हुने गर्छन् । कामको चाप र थकानले टाउको दुख्ने मात्र होइन कपाल झर्ने समस्या पनि पैदा हुन्छ ।

यस्तो अवस्थामा औषधिको प्रयोग गर्नुभन्दा घरेलु उपचार गर्नु उपयुक्त मानिन्छ । घरेलु उपायहरूको सहायताले कपाल झर्न कम गर्न सकिन्छ भने टाउको दुख्ने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।

त्यसका लागि विभिन्न प्रकारका घरेलु उपायहरु छन्, तर यसको सही उपाय तेल हुन सक्छ । विभिन्न प्रकारका तेलहरुले यस्ता समस्याबाट छुटकारा दिलाउँछ ।

विज्ञापन

ल्याभेन्डरको तेल
यो तेलको बास्नाले निन्द्रा लाग्ने र दिमागलाई शान्ति दिलाउँछ । दुई चम्चा क्यास्टरको तेलमा तीन÷चार थोपा ल्याभेन्डरको तेल मिसाएर केही मिनेट कपालको जरामा मसाज गर्ने गर्दा कपाल झर्ने समस्या कम हुन्छ भने दिमागलाई पनि शान्ति मिल्छ ।

रोजमेरी तेल
रोजमेरीको तेलले पनि टाउको दुखाइबाट तुरुन्तै राहत दिलाउँछ भने कपाललाई चम्किलो र मजबुत बनाउँछ ।

पुदिनाको तेल
यो तेल पनि कुनै औषधिभन्दा कम छैन । यसले मालिस गर्ने गर्दा शरीरको थकान तुरुन्तै गायब हुन्छ । यसका साथै यो तेलले मालिस गर्दा महिनावारी हुँदा पेट दुख्ने समस्या पनि कम हुन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार