होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • ढिला गरी काँग्रेस केन्द्रीय समिति बैठक सुरु, बूढानीलकण्ठमा सुरक्षा व्यवस्था कडा
राजनीति

ढिला गरी काँग्रेस केन्द्रीय समिति बैठक सुरु, बूढानीलकण्ठमा सुरक्षा व्यवस्था कडा

  • नागरिक रैबार
ढिला गरी काँग्रेस केन्द्रीय समिति बैठक सुरु, बूढानीलकण्ठमा सुरक्षा व्यवस्था कडा

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक ढिला गरी अर्थात ३ बजेपछि मात्रै सुरु भएको हो । बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदन पेश गरेका छन् । यस्तै काँग्रेस निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले महाधिवेशनका लागि आवश्यक निर्वाचन निर्देशिका पनि प्रस्तुत गरेका छन् । यस्तै बैठकमा महाधिवेशन सार्नेबारे पनि छलफल हुने बताइएको छ ।

काँग्रेसले आगामी भदौमा महाधिवेशन आयोजना गर्ने तय गरेपनि क्रियाशील सदस्यता विवाद लगायतका कारणले तोकिएको समयमा महाधिवेशन नहुने देखिएको छ भने सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल महाधिवेशन सार्न तयार भएको बताइएको छ ।

बैठक सुरु हुनअघि केन्द्रीय कमिटी बाहिर रहेका युवा नेताहरु, रन्जित कर्ण, क्षितिज भण्डारी लगायतले महाधिवेशनको सुनिश्चितताका लागि सभापतिलाई निवेदन दिएका थिए । देउवा सभापति भएपछि काँग्रेस केन्द्रीय कमिटी बैठक पहिलो पटक सानेपा भन्दा बाहिर बसेको हो । देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा सुरक्षा व्यवस्था कडा पारिएको छ । देउवा निवास परिसरमा सुरक्षाकर्मी बाक्लो संख्यामा परिचालित छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार