होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दाम्लोले बाँधेर युवक कुट्ने वडाध्यक्ष पाँच हजार धरौटीमा छुटे
समाचार

दाम्लोले बाँधेर युवक कुट्ने वडाध्यक्ष पाँच हजार धरौटीमा छुटे

  • नागरिक रैबार
दाम्लोले बाँधेर युवक कुट्ने वडाध्यक्ष पाँच हजार धरौटीमा छुटे

सुर्खेत । डोरीले बाँधेर युवकलाई कुट्ने जाजरकोटको जुनीचाँदे गाउँपालिकाका–२ का वडाअध्यक्ष रामबहादुर नेपाली धरौटीमा छुटेका छन्।उनलाई पाँच हजार रुपैयाँ धरौटीमा छोडिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

नेपालीले साउन १५ गते स्थानीय सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेका थिए । उनले युवकलाई कुटपिट गरेको भिडियो सर्वत्र सामाजिक सञ्जालमा भाइरल भएको थियो भने वडाअध्यक्ष नेपालीको चर्को आलोचना समेत भएको थियो । त्यही आधारमा प्रहरीले साउन २१ गते पक्राउ गरेर सदरमुकाम खलङ्गा पु¥याएको थियो ।

पीडित भनिएका सर्पे नेपालीले दिएको बयानका आधारमा अध्यक्ष नेपालीलाई धरौटीमा छोडिएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए ।
पीडित सर्पेले वडाअध्यक्षको गल्ती नभएको, बरु मलाई जेल हाल, वडाअध्यक्ष ज्यूलाई थुन्न पाइँदैन भनेर अनौठो बयान दिएका थिए।

विज्ञापन

यता स्थानीयले त झन वडाअध्यक्षको पक्षमा नारा जुलुस समेत गरेका थिए । नेपालीलाई आगामी भदौ १६ गते बकपत्र गर्न आउने सर्तमा छोडिएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार