होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सर्वोच्चको फैसला प्रति युवा सँघ बाजुराको सडक प्रदर्शन
समाचार

सर्वोच्चको फैसला प्रति युवा सँघ बाजुराको सडक प्रदर्शन

  • नागरिक रैबार
सर्वोच्चको फैसला प्रति युवा सँघ बाजुराको सडक प्रदर्शन

नागरिक रैबार/बाजुरा २८ असार । सर्वोच्चको फैसला प्रति युवा सँघ बाजुराले सडक प्रदर्शन गरेको छ । नेकपा एमाले ओली समुह निकट युवा सघं नेपाल र अनेरास्वबियु बाजुराले सोमबार सर्वोच्च अदालतले गरेको फैसला प्रति सडक प्रर्दशन गरेर बिरोध गरेको हाे।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेकाे भन्दै युवा सँघले बाजुरामा बिरोध गरेको जनाएकाे छ ।

संवैधानिक इजलासले कांग्रेस सभापति देउवालाई २८ घण्टा भित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई परमादेश जारी गरेको कुरा अमान्य भएको भन्दै युवा संघ नेपाल र अनेरास्वबियु बाजुराले मार्तडी बजार परिक्रमा गर्दै बिरोध जनाएकाे अनेरास्वबियुले जनाएकाे छ।

विज्ञापन

वर्तमान सरकार र नेकपा एमाले विरुद्धको घेराबन्दी, विपक्षी गठवन्धनको असंवैधानिक र राष्ट्रघाति कदमका विरुद्ध बाजुरामा पनि युवाहरुले सडक प्रर्दशन गरेको विद्यार्थी नेता लक्ष्मण रोकायाले बताएका छन् ।

विपक्षी गठवन्धनको विरुद्धमा सडकमा उत्रेको युवा संघले मार्तडीको लोकतान्त्रिक चोकमा कोण सभा समेत आयोजना गरेको रोकायाले बताएका छन् । सडक प्रर्दशनमा युवा संघ र अनेरास्वबियुमा आवद्ध युवा बिद्यार्थिहरूकाे सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार