होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • माधव नेपालको ‘चट्टाने अडान’
राजनीति

माधव नेपालको ‘चट्टाने अडान’

  • नागरिक रैबार
माधव नेपालको ‘चट्टाने अडान’

काठमाडौं, २८ असार । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बरु राजनीतिबाट सन्यास लिने तर ब्याक नहुने बताएका थिए । उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावको हस्ताक्षर फिर्ता लिनुलाई राजनीतिक आत्महत्या हुने भन्दै कुनै हालतमा नलिने अडान लिएका थिए । आखिर नेपालले त्यो अडान पूरा गरे ।

आफ्ना खेमाका हस्ती नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट, योगेश भट्टराईले एकपछि अर्को गर्दै साथ छाडे । तर, नेपाल अडानबाट पछि हटेनन् । उनले आयाराम गयाराम भन्दै जाने आउने हुने तर आफू पछि नहट्ने स्पष्ट पारेका थिए । आखिर उनको खेमामा त्यस्तै भयो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संघर्ष गर्दा माधव नेपालसँग ४० भन्दा बढी सांसद थिए । नेकपा विभाजित भएपछि विस्तारै उनको शक्ति क्षय हुँदै गयो । उनले विश्वास गरेका सांसदहरुले नै साथ छाडे ।

लालबाबु पण्डित, शेरबहादुर तामाङ, कृष्णभक्त पोखरेल हुँदै प्रत्यक्ष निर्वाचित सांसदहरुले साथ छाडे । ओलीविरुद्ध विपक्षी गठबन्धन बन्यो । गठबन्धनले ओलीविरुद्ध अर्को प्रधानमन्त्री बनाउने गृहकार्य थाल्यो । त्यतिबेला उनलाई योगेश भट्टराईले साथ छाडे । २८ सांसद साथमा रहेकामा योगेशसहित गणेश पहाडीले साथ छाडे । उनको साथमा २६ सांसद रहे । तर, नेपाल ओलीसँग सम्झौता गर्नेभन्दा राजनीतिबाट सन्यास लिने भन्दै अडान लिइरहे ।

देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा १४९ सांसदको हस्ताक्षरसहित प्रस्ताव लाँदा २६ सांसद थिए । तर, देउवाको पक्षमा दाबी नपुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी चुनावको घोषणाको कदमलाई सदर गरिन् । त्यसपछि विपक्षी गठबन्धन अदालत जाने भयो ।

अदालत जाने निर्णयका बेलामा माधव नेपाललाई केही सांसदले साथ छाडे । उनलाई आफ्नै पक्षका नेताहरु व्यवस्थापन गर्न हम्मे पर्यो । पवित्रा खरेल निरौलासहित ३ सांसदले हात भिके ।

नेपालले फेरि आयाराम गयारामको उदाहरण दिए । सर्वोच्च अदालतको २८ असारमा फैसला आउने टुंगो लाग्यो । त्यसपछि ओली सक्रिय भए । उनले नेपालसँग सहमति गर्न खोजे । नेपाल तयार भएनन् । उनी कुनै हालतमा अदालतको आदेश अघि सहमतिमा हस्ताक्षर नगर्ने पक्षमा पुगे ।

विगतमा काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल खेमामा ओलीले देखाएको सक्रियताप्रति आशंका गरिरहेका थिए । नेपालले उनीहरुलाई बरु राजनीतिबाट सन्यास लिने तर ब्याक नहुने जवाफ दिएर आश्वस्त पारे ।

एमाले एकताका लागि भन्दै कार्यदल सक्रिय भयो । जसमा नेपाल खेमाका भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, घनश्याम भुसाल, रघुजी पन्त र भीम आचार्य थिए । कार्यदलले नेपालमाथि सहमतिमा हस्ताक्षर गर्न दबाब दियो । तर, नेपालले चट्टाने अडान लिए । कार्यदलका पन्तबाहेक अरुले हस्ताक्षर गरे । नेपालले त्यसप्रति तिव्र असन्तुष्टि जनाइहाले ।

माधव नेपाललाई अन्तिम समयमा भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र घनश्याम भुसालले साथ छाडे । यी हस्तीहरुले साथ छाड्दा पनि नेपाल डगमगाएनन् । उनले चट्टाने अडान लिइरहे । राजनीतिमा जे बोल्यो त्यही गर्ने र जे सम्झौता गर्यो त्यो पालना गर्ने सन्देश दिइरहे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ हप्ता अगाडि