होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, मंसिर ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्रीको हत्या गर्न बुनेको षडयन्त्रको गन्ध पोखियो : बस्नेत
समाचार

प्रधानमन्त्रीको हत्या गर्न बुनेको षडयन्त्रको गन्ध पोखियो : बस्नेत

  • नागरिक रैबार
प्रधानमन्त्रीको हत्या गर्न बुनेको षडयन्त्रको गन्ध पोखियो : बस्नेत

नेकपा (एमाले) का नेता महेश बस्नेतले नेपाली काँग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई कारवाही गर्न सरकारसँग माग गरेका छन् । सञ्चारकर्मीसँग आज भर्चुअल माध्यमबाट कुरा गर्दै उनले प्रदेशसभाको शुक्रबारको बैठकमा वैद्यले दिएको अभिव्यक्ति संसदीय मर्यादाविपरीतको भएको भन्दै कारवाही गर्न माग गरेका हुन् ।

​उनले नेपाली कांग्रेसकैमिलीभगतमामहात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षड्यन्त्र कतै कुनै कुनामा बनिरहेको त छैन भन्दै वैद्यको अभिव्यक्तिलाई क्षणिक आक्रोशका रुपमा लिन नसकिने बताए । निवर्तमान सांसद एवं पूर्वमन्त्री बस्नेतले भने, “वैद्यले संसद्मा दिएको अभिव्यक्तिलाई आक्रोश मात्रै हो भन्न सकिन्न, सत्ताका लागिछटपटाएकातत्वले चुनावसम्म ओली रहेँ सत्ता प्राप्तिको चाहना पूरा हुँदैन भन्ने देखेर देशकै प्रधानमन्त्रीको हत्या गर्न बुनेको षडयन्त्रको गन्ध पोखिएको हुनसक्छ, यसतर्फ सचेत हुनुपर्छ ।”

एमालेभित्र आन्तरिक कलहको फाइदा उठाउँदै केही तत्व सत्ता प्राप्तिका लागि प्रधानमन्त्रीको ज्यानै लिने षड्यन्त्र बनाउँदै गरेको रहस्य बाहिर आएको जिकिर गर्दै उनले यो षडयन्त्रभित्र क–कसको सहभागिता छ भनेर खोजिने उनले बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार