नागरिक रैबार/बाजुरा २९ बैशाख। युवा संघ नेपाल जिल्ला कमिटी बाजुराका सहसंयोजक गणेश बोहराले प्रगतिशिल विवाह गरेका छन् । विवाहका नाममा हुने भड्किलो खर्च रोक्दै बोहराले अनेरास्ववीयु जिल्ला कमिटी बाजुराकी सचिवालय सदस्य मन्जु भाटसंग सदरमुकाम मार्तडीमा विवाह गरेका हुन् ।
राष्ट्रिय बक्सीङ्ग खेलाडी समेत रहेका बोहराले आफ्नो विचार र मन मिलेकाले मन्जु संग विवाह गरेको बताए । बाजुरामा पहिलोपटक प्रगतिशील विवाह गरेका बोहराले जीवनको अनन्तकालसम्म आफ्नो जोडी सुन्दर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यसैगरी दुलही मन्जुले पनि भड्किलो खर्चमा विवाहमा आवश्यक नरहेको भन्दै शुभेच्छुक बीचको प्रगतिशील विवाह दुवैको रोजाइ भएकाले खुशी रहेको बताईन् ।
विवाह समारोहमा नेकपा एमालेका नेताहरु जनक बोहरा, भरत बुढा, भरत थापा लगायतले बोहराको वैवाहिक जीवनको सफलताको शुभकामना दिएका थिए । विवाह समारोहमा सहभागि नेताहरुले संस्कार र संस्कृतिका नाममा हुने भड्किला गतिविधिलाई सचेत युवाले रोक्नु पर्ने धारणा राखेका थिए ।
बोहराले आफ्नो परिवारको तर्फबाट बुबा सहीत सीमित व्यक्तिहरु बोलाएका थिए । भने बेहुली मञ्जु भाटले पनि केही निकटका साथीसंगी बोलाएकी थिईन् । विना गीत, संगीत, विना पञ्चेबाजा विवाह समारोह सकिएको थियो ।
फेसबुक प्रतिक्रियाहरु