होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माधव नेपाल पक्षधर सांसदहरुले भोलि विहान ९ बजे सामूहिक राजीनामा दिने
समाचार

माधव नेपाल पक्षधर सांसदहरुले भोलि विहान ९ बजे सामूहिक राजीनामा दिने

  • नागरिक रैबार
माधव नेपाल पक्षधर सांसदहरुले भोलि विहान ९ बजे सामूहिक राजीनामा दिने

काठमाडौं, २९ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरुले भोलि विहान ९ बजेसम्म सामूहिक राजीनामा दिने भएका छन् । हिजो बसेको नेपाल पक्षधर सांसदहरुको र स्थायी कमिटी सदस्यहरुको भर्चअल बैठकमा यसबारेमा कुराकानी भएको उच्च स्रोतले जानकारी दिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को २ अनुसार सरकार गठन गर्नको लागि भोलि राति ९ बजेसम्मको समयसिमा दिएर दलहरुलाई आह्वान गरेकी छिन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाको उपेन्द्र यादव पक्ष सरकार बनाउनको लागि लागिपरेका छन् । तर, उनीहरु माधव नेपाल पक्षधर सांसदहरुको सम्भावित कदमको पनि आँकलन गर्दै अघि बढेका छन् ।

आफू पक्षधर सांसदहरु र स्थायी कमिटी सदस्यहरुको बैठक सकिएपछि नेता नेपाल राति अवेर देउवा निवास पुगेर गोप्य भेटवार्ता गरेका छन् । उनले देउवाको नेतृत्वमा सरकार बन्ने अवस्था सिर्जना भए आफूहरु जस्तोसुकै कदम चाल्नपनि तयार रहेको सन्देश दिएका थिए । नेता नेपाल र उनी पक्षधर नेता भीम रावल देउवासँग निरन्तर सम्वादमा छन् ।

विज्ञापन

माधव नेपाल पक्षधर २८ जना सांसदले पार्टीको ह्वीप उल्लंघन गरेका थिए । उनीहरु प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन संसद बैठकमा उपस्थित् भएनन् । तर, अहिलेसम्म प्रधानमन्त्रीले उनीहरुलाई कारबाही गरेका छन् । नयाँ सरकार गठनको लागि माधव नेपाल पक्ष निर्णायक शक्ति बनेको छ ।

नेता पक्षधर स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले आफूहरु अहिले परिस्थितिको विश्लेषण गरेर बसिरहेको जनाएका छन् । र, आज र भोलिभित्रै एउटा निर्णायक कदम चाल्ने पनि उनले बताए । नेता ज्ञवालीले पत्रकार ऋषि धमलासँग संक्षिप्त कुरा गर्दै भने–‘हामी संसद्को अंकगणित हेरेर बसेका छौं । हाम्रो कारणले देउवाजीको नेतृत्वमा सरकार बनाउने अर्थात उनको पक्षमा बहुमत पुग्ने अवस्था आए राजीनामा दिन तयार छौं ।’

उनले अब अध्यक्ष ओलीसँग कुनैपनि हालतमा आफूहरु सम्झौता गर्ने पक्षमा नरहेको जिकिर गरे । उनले भने,‘अब ओलीसँग सम्झौता गर्दैनौं । उहाँसँग हामीलाई अब कुनै विश्वास छैन् । हिजो आफ्नै वरिष्ठ नेतालाई कारबाही गर्नेसँग कसरी विश्वास गर्ने ? केपी ओली त संविधान र प्रणाली समाप्त गर्न लागेका छन् । हामी कुनैपनि हालतमा आत्मसर्मण गर्दैनौं । जस्तोसुकै अप्रिय कदम चाल्नपनि पछि पर्दैनौं । अब धेरै कुर्ने पक्षमा छैनौं ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि