बझाङः दुर्गाथली गाउँपालिका–३ मौलालीमा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा मौलालीकी ६० वर्षीया गालुदेवी रावलको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो। घर नजिकै रहेको अन्जाडी सामुदायिक वनको भिरमा घाँस काट्न गएकी रावलको शनिबार दिउँसो लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
उनको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिमखेत ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रुपक खड्काले जानकारी दिए।
फेसबुक प्रतिक्रियाहरु