होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भाद्र १ गते बाजुरा जिल्लाका विभिन्न ४ सीमा नाकामा हेल्थ डेस्क राखिने
समाचार

भाद्र १ गते बाजुरा जिल्लाका विभिन्न ४ सीमा नाकामा हेल्थ डेस्क राखिने

  • नागरिक रैबार
भाद्र १ गते बाजुरा जिल्लाका विभिन्न ४ सीमा नाकामा हेल्थ डेस्क राखिने

नागरिक रैबार ।
बाजुरा २७ साउन ।भाद्र १ गते बाजुरा जिल्लाका विभिन्न ४ सीमा नाकामा हेल्थ डेस्क राखिने भएको छ । कोरोना भाइरसको तेस्रो लहर फैलिने उच्च जोखिम रहेकाले  जिल्लाका विभिन्न ४ सीमा नाकामा हेल्थ डेस्क राखिने भएको हाे ।

जिल्ला बाहिरबाट स्वास्थ्य उपचार नै नगरि जिल्ला भित्रिनाले कोरोना संक्रमण फैलिन सक्ने भन्दै कोरोना भाइरसको तेस्रो लहर फैलिन नदिन हेल्थ डेस्क स्थापना गरिने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

भाद्र ४ गते जिल्लामा प्रथम चरणमा इकडी गाड, कोल्टी विमान स्थल, जुड्डी र धुलाचौर नाकामा हेल्थ डेस्क स्थापना गरिने भएको हो । बुधबार प्रशासन कार्यालयमा बसेको संकट व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताएका छन् ।

विज्ञापन

नाकामा भाद्र १ गतेबाट हेल्थ डेस्क स्थापना गरी चेकजाचँ सुरु हुने भएकाले विहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्र सवारी साधनहरु सञ्चालन गर्न पाईने छ । सीमा नाकामा औषधिसहित चिकित्सकको टोली राख्ने निर्णय भएकाे उनले बताए ।

त्यस्तै मास्क लगाउनपर्छ भनि चेतना नभई मास्क नलगाउनेलाई १० रुपैँया जरिवाना, चेतना भएर पनि मास्क नलगाउनेलाई १ सय रुपैँया जरिवाना र अनिवार्य मास्क अभियानमा असहयोग गर्नेलाई २ सयदेखि ५ सयसम्म जरिवाना गरिने संकट वष्वस्थापन समितिले निर्णय गरेको छ ।

भाद्र १ गतेबाट जिल्लामा कुनैपनि सभा, सम्मेलन, प्रतियोगिता, पुजापाठ, मेला, उत्सव आयोजना गरी भेला गर्न समत नपाइने भएको छ । होटल व्यवसायहरु पनि राती ८ बजेसम्म मात्रै संचालन गर्न पाइने भएका छन् ।

बाजुरा जिल्लामा पनि कोभिड– १९ को तेस्रो लहर डेल्टा भेरिएन्टको उच्च जोखिम रहेकाले सबैले सचेत रही आ–आफ्नो स्थानबाट महामारी नियन्त्रणमा सहयोग गर्न संकट व्यवस्थापन समितिको बैठकले आग्रह समेत गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै