होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत
राजनीति

मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत

  • नागरिक रैबार
मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत

२७ साउन, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा स्वीकृत भएको छ ।पोखरेलले दिएको राजीनामालाई प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका हुन् । साथै अर्को मन्त्रिपरिषद् गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्लाई नै कार्यभार बहन गर्न समेत उनले तोकेका छन् ।

१९ वैशाखमा संविधानको धारा १६८(१) अनुसार मुख्यमन्त्री नियुक्त भएका पोखरेलले बुधबार राजीनामा दिएका थिए । उनीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन शुरु हुनै लाग्दा उनले राजीनामा दिएका थिए । पोखरेलको राजीनामासँगै प्रदेशसभामा टेबल भइसकेको अविश्वासको प्रस्ताव अगाडि बढेन ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ हप्ता अगाडि