होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि विशेष अधिवेशन अन्त्यको तयारी
समाचार

मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि विशेष अधिवेशन अन्त्यको तयारी

  • नागरिक रैबार
मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि विशेष अधिवेशन अन्त्यको तयारी

बुटवल । लुम्बिनी प्रदेशसका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको जानकारी प्रदेशसभा सचिवालयमा पुगेको छ ।मुख्यमन्त्रीले राजीनामा दिएको जानकारी प्रदेश प्रमुखको कार्यालयबाट आएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

अविश्वास प्रस्तावमाथि प्रदेशसभामा छलफल भइरहेका बेला मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए । अविश्वास प्रस्तावमाथि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले बोलेपछि मुख्यमन्त्रीको जवाफका लागि प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।

मुख्यमन्त्रीको जवाफका लागि प्रदेशसभा स्थगित गरेका बेला उहाँको राजीनामाबारे जानकारी आयो, अब प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा छलफल गरिरहेका छौं’ प्रदेशसभा सचिव पुनले बताए ।

विज्ञापन

उनका अनुसार अब विशेष अधिवेशन अन्त्य गर्ने वा स्थगित गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

हेर्नुस् प्रदेश प्रमुखले प्रदेशसभामा पठाएको पत्र

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार