होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • देउवा, पौडेल र सिटौलाबीच बुढानीलकण्ठमा छलफल हुँदै
राजनीति

देउवा, पौडेल र सिटौलाबीच बुढानीलकण्ठमा छलफल हुँदै

  • नागरिक रैबार
देउवा, पौडेल र सिटौलाबीच बुढानीलकण्ठमा छलफल हुँदै

काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनबारे शीर्ष नेताहरुबीच छलफल हुँदैछ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताहरुबीच दिउँसो २: ३० बजे छलफल हुने भएको हो ।

बुधबार देउवाको निजी निवास बुढानीलकण्ठमा महाधिवेशनको नयाँ कार्यतालिका र क्रियाशील सदस्यता विवादबारे छलफल हुने कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 

भदौ १६–१९ गतेका लागि निर्धारित महाधिवेशनको कार्यतालिका प्रभावित हुने निश्चित भएपछि कांग्रेसभित्र पार्टी वैधानिकता जोगाउन भन्दै विभिन्न विकल्पमाथि छलफल भइरहेको छ । वरिष्ठ नेता पौडेल निर्धारित मितिमै महाधिवेशन गर्नुपर्ने अडानमा छन् भने सभापति देउवा मंसिरमा महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका ल्याउने पक्षमा छन् । देउवाको प्रस्ताव महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री सिटौला सकारात्मक छन् ।

सभापति देउवाले नयाँ कार्यतालिकाबारे छलफल गर्न बिहीबार केन्द्रीय समिति बैठक बोलाएका छन् । केन्द्रीय समिति बैठक अघि कार्यतालिकाबारे पार्टीभित्र समझदारी बनाउन शीर्ष नेताहरुबीच छलफल हुन लागेको देउवानिकट एक नेताले बताए ।

सभापति देउवाले मंगलबार संस्थापनइतर समूहका नेताहरु डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल र गगनकुमार थापासँग महाधिवेशनबारे छलफल गरेका थिए । केन्द्रीय सदस्य रिजालले केन्द्रीय समिति बैठकअघि कार्यतालिकाबारे शीर्ष तहमा सहमति जुटाउन देउवालाई आग्रह गरेका थिए ।

कांग्रेसको क्रियाशील सदस्यता विवाद सुल्झाउन देउवा, पौडेल र सिटौलालाई जिम्मा दिइएको थियो । तर नेताहरुबीच मापदण्डमै सहमति नजुट्दा सदस्यता विवाद कायमै छ । क्रियाशील सदस्यता छानविन समितिले साउन १२ गते सभापति देउवालाई प्रतिवेदन बुझाइसकेको छ ।

समितिले विवादित सदस्यता मिलाउन पदाधिकारी र पूर्वपदाधिकारीलाई सिफारिस गरेको थियो । पदाधिकारी बैठकले भने शीर्ष नेतालाई विवाद सुल्झाउने जिम्मा दिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
समाचार
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ हप्ता अगाडि