होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • ओलीसँग बदला लिदै बामदेव
राजनीति

ओलीसँग बदला लिदै बामदेव

  • नागरिक रैबार
ओलीसँग बदला लिदै बामदेव

काठमाडौं, २७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष बामदेव गौतमबीचको सम्बन्धमा कमैमात्र सुमधुर भयो । यी दुईको टकरावका कारण महाकाली सन्धीको मुद्दामा एमाले २०५५ मा विभाजित भएको थियो ।

ओली र गौतम दुवै जनताको बहुदलीय जनवादका पक्षधर भएपनि सायदै मिल्न सके । एमालेको नवौं महाधिवेशन २०७१ सालमा हुँदा ओली र गौतमबीच गठबन्धन भयो । यसले धेरैलाई आश्चर्यमा पारेको थियो ।

गौतमको साथले ओली एमाले अध्यक्षमा विजयी भएका थिए । गौतम पनि उपाध्यक्षमा विजयी भएका थिए । तर, २०७४ सालको आम निर्वाचनमा एमालेका सबै हस्ती नेताहरु विजयी हुँदा बामदेव मात्र पराजित भए । केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डेलगायत नेताहरु भारी मतले विजयी भएका थिए । तर, गौतम पराजित भएपछि तरंग नै आयो ।

विज्ञापन

गौतमले ओलीमाथि अन्र्तघातको आशंका गरे । ओलीनिकट नेताहरु सक्रिय भएर चुनाव हराएको विषय उठाएर । यसपछि दुवैबीच सम्बन्ध चिसियो । चुनावमा पराजित भएको घटनाले बामदेवमा बदलाको भावना विकास भयो ।

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भयो । त्यसपछि गौतम ओलीसँग झन् टाढिए । तत्कालीन नेकपा विवाद हुँदा गौतमले ओलीविरोधी धार नै समाते । ओली र प्रचण्ड मिलाउन भूमिका पनि बेला बेलामा खेले । तर, उनी ओलीसँग नजिकिन नसकिने निकर्षका साथ अगाडि बढे ।

एमाले ब्युँतिएपछि उनी केही समय ओलीलाई सम्झाउन सकिन्छ कि भनेर सक्रिय रहे । तर, ओलीले एकता निर्माण नचाहेको निष्कर्ष निकालेर कित्ताकाट गरे । गौतम माधवकुमार नेपालसँग नजिकिए । उनले ओलीले डाकेको स्थायी कमिटी बैठकमा कडा आलोचना गरेर निस्किए । अब एमाले फुट्ने निश्चित भएको निष्कर्ष निकालेर अन्तिम बैठक भनेका थिए ।

गौतम ओलीपछि दोस्रो वरियतामा एमालेमा रहने अवसर हुँदा हुँदै फरक ढंगले लागेका छन् । यसका पछाडि उनको ओलीसँग मिलेर बस्न नसकिने निष्कर्ष पनि एउटा कारण हो । विगतमा अध्यक्ष जिताउन महत्वपूर्ण भूमिका खेलेपनि बर्दियाबाट चुनाव हराएको भन्दै बदलाको भावना अझै नमेटिएको देखिन्छ । उनले ओलीलाई सत्ताबाट हटाउन शेरबहादुर देउवालाई साथ दिएकै हुन् । त्यसो त बालुवाटारबाट ओलीलाई २०७८ सालको सुर्योदय हेर्न नदिने प्रतिज्ञा गरेका थिए । तर, ओली असारको अन्तिमसम्म सत्तामा टिके ।

ओलीले विगतमा आफूलाई धोका दिएको भन्दै गौतम अझै रुष्ट छन् । उनले राजनीतिक धोकाधडी पाएको भन्दै ओलीसँग मिल्न नसक्ने निकटस्थसँग भनेका छन् । उनी ओलीलाई अझ कमजोर बनाउने गरी बदलाको हिसाबकिताबसहित बढेको देखिदैछ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार